Sorry, that menu does not exist.
 

धुलाम्य सडकले स्वास्थ्यमा नकारात्मक असर !

अनिश शर्मा गैरे, गुल्मी वामीटक्सार २०७४ फागुन २५ । सडक निर्माणको क्रममा धुलोको मात्रा अत्याधिक हुँदा गुल्मीमा प्रदुषणको मात्रा बढेको छ । धुलो ब्यबस्थापनको लागि चासो नदिँदा गुल्मीबासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । जताततै डोजर चलाइएका कारण यस बर्ष सडकहरु अत्याधिक धुलाम्य भएका छन । बिशेष गरी रिडी – रुद्रबेणी वामीटक्सार सडकखण्ड निर्माणको क्रममा अहिले सडक निकै धुलाम्य बनेको छ । सदरमुकाम तम्घासदेखी सिमलटारी सम्मको सडक आयोजना, तम्घास–इन्द्रगौडा सडक आयोजनाको अवस्था पनि यस्तै छ ।

सडक वारीपारी बनाउन लागिएका नाली तथा भित्ताहरु उठाउने कार्य भैरहँदा धुलोको मात्रा बढेको हो । धुलोले गर्दा यात्रुहरु तथा सडक आसपास बसोबास गर्ने जनताहरुको जनजीवनमा नकारात्मक असर परेको छ ।

‘दिनभर धूलो आएर दिक्क बनाउँछ, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर भइरहेको छ’ मुसिकोट नगरपालिका ७ वामीका सिटि एक्सप्रेस मनि ट्रान्सफरका मेनेजर बिष्णु चुँदालीले भने ‘सडक पक्की गर्न भनेर निर्माण थालिएदेखी झन धुलोको मात्र ह्वात्तै बढ्यो’ ।

धुलो छल्न मास्क, मफलर प्रयोग गरे पनि धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरु बताउँछन्। साथै धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेको छ । ‘सवारी हाँक्दा चस्मा नलगाएसम्म हिड्न सकिदैन, आँखा भरी धुलोका कण गएर समस्या हुन्छ’ धेरै मोटरसाइकल चालकहरुको गुनासो यस्तै हुने गर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply