Sorry, that menu does not exist.
 

भीमसेन माबिको बार्षिकोत्सव सम्पन्न : गुणस्तरीय एबं ब्यवहारिक शिक्षा अहिलेको आवश्यकता -जिशिअ

कोपिला कंडेल, बागलुङ २०७४ फागुन २५ । काठेखोला गाउंपालिका ६ स्थित भिमसेन माबिको ३७ औ बार्षिकोत्सव एक समारोहका बिच बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी गुरु प्रसाद पौडेलले बिद्यालयको शैक्षिक उन्नति प्रगतिका लागि शिक्षक अभिभावक बिद्यार्थी सबै जिम्मेवार बन्नुपर्ने बताए । उनले गुणस्तरीय एबं ब्यवहारिक शिक्षा अहिलेको अनिबार्य आवश्यकता रहेको पनि उल्लेख गरे ।

बार्षिकोत्सवमा समारोहमा बिद्यालयमा लामो समय सम्म योगदान गरेका शिक्षकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने पूर्व शिक्षक अनन्त खड्का र शिबलाल कंडेल लाई जिल्ला शिक्षा अधिकारी पौडेल, प्रधानाध्यापक रघुनाथ कंडेल एबं बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले सम्मान पत्र सहित दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए ।

कार्यक्रममा पुर्ब प्रधानाध्यापक टिकाराम साप्कोटा, काठेखोला गाउंपालिका ६ का अध्यक्ष युक्त प्रसाद कंडेल, नेपाल रेडक्रस सोशाईटी बागलुङका सभापति जब्बर बहादुर लामिछाने, श्रोत ब्यक्ति रामानन्द कंडेल,बिद्यालय ब्यवस्थापन समितिका सदस्य गंगा प्रसाद कंडेल,पूर्व शिक्षक एबं सम्मानित ब्यक्तित्व अनन्त खड्का, अभिभावक क्याप्टेन हरि बहादुर भण्डारी तरुणध्वज मल्ल, नन्दलाल स्मृति अक्षयकोषका अध्यक्ष दयाराम कंडेल पत्रकार कोपिला कंडेल र बिद्यार्थी हेमन्त बिक लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

त्यसैगरी बिद्यालयमा बिभिन्न शिर्षकमा स्थापित १६ बिधाका अक्षयकोषबाट उत्कृष्ट शिक्षक एबं अभिभावक र बिद्यार्थीलाई सम्मान एबं पुरस्कृत गरिएको थियो । स्वर्गिय नन्दलाल कंडेल स्मृति अक्षय कोष, स्वर्गिय प्रेम बहादुर भण्डारी स्मृति अक्षय कोष, डिल प्रसाद कंडेल स्मृति अक्षय कोष, लक्ष्मी प्रसाद कंडेल स्मृति अक्षय कोष, स्वर्गिय शशिधर कंडेल स्मृति अक्षय कोष, कंडेल नरिश्वर गम्भीरा स्मृति अक्षय कोष, स्वर्गिय पार्वती कंडेल स्मृति अक्षय कोष, स्वर्गिय शिवलाल कंडेल स्मृति अक्षयकोष, स्वर्गिय जंङ्ग बहादुर कार्की स्मृति अक्षय कोष पुर्व शिक्षक मोहमद अजिज द्धारा स्थापित अक्षय कोष, स्वर्गिय टेग बहादुर खड्का स्मृति अक्षय कोष पत्रकार सुवास कडेलद्धारा स्थापित अक्षय कोष, बिद्यालयका संस्थापक लाल बहादुर खत्रीद्धारा स्थापित अक्षय कोष, स्वर्गिय बल्लभी कंडेल स्मृति अक्षय कोष, मान बहादुर केसीद्धारा स्थापित दिप बहादुर केसी स्मृति अक्षय कोष स्वर्गिय जगपति कंडेल स्मृति अक्षय कोषव्दारा उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, अभिभावक र बिद्यालयमा अध्यनरत,उत्कृष्ट नतिजा हासिल गर्ने, न्युन आय भएका एबं जेहेन्दार बिद्यार्थीलाई सम्मान एबं पुरस्कृत गरिएको बिद्यालयका सदस्य सचिव एबं प्रधानाध्यापक रघुनाथ कंडेलले जानकारी दिए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कंडेलले बिद्यालयको शैक्षिक गतिबिधी आय ब्यय एबं प्रगति प्रतिबेदन प्रस्त्त गरेका थिए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता, शिक्षक बालाकृष्ण कंडेलको स्वागत मन्तब्य र नारायण कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply