कविता घर्तीमगर पोखरा २०७३ माघ २९ । त्रिभुवन आर्मी क्लब सृजना आमन्त्रण अन्तर्रा्ष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ च्याम्पियन बनेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाईलाई ३–१ ले हराएको थियो ।
आर्मीले फाइनल २५–२१,२१–२५,२७–२५ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । झन्डै डेढ महिनाको बीचमा आर्मीको यो तेस्रो उपाधि हो ।
यस्तै नेपाल एपिएफ क्लबले महिलातर्फको उपाधि जितेको छ । एपिएफले न्यु डाइमन्डलाई ३–१ ले हराउँदै एपिएफले उपाधि जितेको हो । यो जितसँगै एपिएफले आफ्नै आयोजनामा भएको एपिएफ आइजिपी कपको हारको बदला लिएको छ ।
त्यति बेला फाइनलमा एपिएफ न्यु डाइमन्डसँग पराजित भएको थियो । एपिएफले आजको फाइनल खेलमा २५–१८,२५–१४,१७–२५ र २५–१५ ले हराएको थियो । आज हारपछि न्यु डाइमन्ड बर्षको चौथो उपाधि जित्नबाट बञ्चित रह्यो । यसअघि न्यु डाइमन्डले लामाचौर भलिबल प्रतियोगिता, क्लब च्याम्पियनसिप र एपिएफ भलिबल प्रतियोगिता जितेको थियो ।
विजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो भने दोस्रो हुने टिमले ७७ हजार ७ सय ७७ रुपैयाँ पाएको छ । हिजो पुलिसलाई हराउँदै हराउँदै पश्चिमाञ्चले पुरुषतर्फ तेस्रो स्थान प्राप्त गरेको थियो । तेस्रो हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको थियो । शनिबार नै पुरुषतर्फ पुलिसलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।