सुमन सुनार, बुर्तिवाङ २०७४ चैत २ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा नयाँ वर्ष २०७५ सँगै आयोजना गर्न लागिएको ढोरपाटन महोत्सव २०७५ को तयारी तिब्र पारिएको छ ।
यसैविच विहिबार महोत्सव सञ्चालन सचिवालय समिति र बस्तुगत संघ विचको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले महोत्सव सञ्चालन तथा त्यसको ब्यवस्थापनका लागि विभिन्न निर्णयहरु गर्दै महोत्सव सञ्चालनका लागी गठन गरिएको सचिवालय समिति र बस्तुगत समितिलाई विभिन्न जिम्मेवारी समेत दिईएको आयोजक संस्था उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङका महासचिव रामनारायण सुवेदीले बताए ।
जसअनुसार बैठकले प्रायोजक, सह–प्रायोजक संघ संस्थासंग समन्वय गर्ने, आवश्यक प्रचार प्रसार सामाग्री निर्माण गर्ने, गाँउपालिकाहरु संग भेटघाट, प्रायोजक संघ संस्थालाई प्रपोजल दिने निर्णय गरिएको छ । जसको जिम्मेबारी सचिवालय समितिलाई दिईएको छ । यस्तै बैठकले आयोजित महोत्सवमा आयोजना गरिएको विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको पुरस्कार राशी निर्धारण तथा संयोजन गर्ने जिम्मा भने बस्तुगत संघका उपाध्यक्ष निमलाल पाण्डे र सचिव घनश्याम शर्मालाई दिईएको उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङका महासचिव सुवेदीले जानकारी दिए ।
पश्चिम बागलुङ स्तरीय कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला एवं ढोरपाटन महोत्सव २०७५ बुर्तिबाङ नामांकन गरिएको उक्त महोत्सवमा स्थानीय कृषि उपज, पशु तथा पशुजन्य बस्तु पर्दशनी, हस्तकला, शीलपकला तथा स्थानीय कला संस्कृतिको संरक्षण एवं उद्योग व्यापारको पर्वद्धन गर्ने उदेश्य रहेको उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्माले बताए ।
महोत्सवको ढोरपाटन नगरपालिका मुख्य प्रवर्धक रहने छ भने सह—आयोजकमा जिल्ला समन्वय समिति बागलुङ, बागलुङ उद्योग वासणज्य संघ जिल्ला समिति बागलुङ तथा पश्चिम बागलुङका तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बढिगाड गाउँपालिका रहने छन् । यस्तै बुर्तिबाङमा गठन भएका वस्तुगत समितिहरु समेत सह आयोजकका रुपमा रहने भएका छन् ।
आयोजित महोत्सवमा खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीता, राष्ट्रिय ताराखेल प्रतियोगीता, खुल्ला लोकदोहोरीगीत प्रतियोगीता, ४ नं. प्रदेश स्तरीय मेन्स डवल्स व्याडमिन्टन प्रतियोगीता, खुल्ला पञ्चेवाजा प्रतियोगीता, राष्ट्रिय सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनशीप, महिला÷पुरुष छेलो प्रतियोगीता, खुल्ला माध्यमिक तह स्तरीय वत्तित्वकला प्रतियोगीता, खुल्ला हाजिीजवाफ प्रतियोगीता, खुल्ला रस्साकस्सा प्रतियोगीता र खुल्ला कविता प्रतियोगीताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवर्धक, मुख्य प्रायोजक, सह प्रायोजक, तथा विभिन्न प्रायोजकहरु सहयोगी संस्थाका रुपमा रहने भएका छन् । महोत्सव सञ्चालनका लागि ६० लाख खर्च लाग्ने स्टेमेट तय गरिएको सचिवालय समितिले बताएको छ ।