प्रेम सुनार, गुल्मी २०७३ माघ २९ । जनवोध उच्च माध्यामिक विद्यालय रानीवास वम्घा गुल्मीको ४५ औं वार्षिकोत्सव सुरु भएको छ । हिजो देखि सुरु भएको वार्षिकोत्सव विविध कार्यक्रमको आज दोश्रो दिन प्राथामिक स्तरिय अन्तर सदनात्क गाउँ खाने कथा प्रतियोगिा गरिएको थियो । उक्त प्रतियोगितामा भृकुटी सदनका सन्दीप नेपाली , विशाल ज्ञवाली प्रविण पेमीले प्रथम पुरस्कार प्राप्त गरेका छन् । दृतिय पुरस्कार सिता सदनका पवित्र कुँवर , अनुस्का ज्ञवाली, पवित्रा ज्ञवाली, प्रभास ज्ञवालीले प्राप्त गरेका छन । त्यस्तै तितृय पुरस्कार करिष्मा पौड्याल , पवित्रा कुँवर , गीता नेपालीले प्राप्त गरेकी छिन् ।
निमावि स्तरिय हाँजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान रुरु सदनले हाँसिल गरेको छ । मुक्तीनाथ सदन र वराह सदन क्रमशः दृतिय र तृतिय भएका छन् । मावि स्तरिय वात विवाद प्रतियोगितामा तृप्ती ज्ञवाली प्रथम भएकी छिन् । त्यस्तै मदन पौड्याल दृतिय र मोहन क्षेत्री तृतिय भएका छन् ।
हिजो देखि विवध कार्यक्रमका साथ सुरु भएको वार्षिकोत्सवको फागुन २ गते जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालको प्रमुख आतिथ्यतामा समापन गरिने कार्यक्रम रहेको त्यस विद्यालयका सहायक प्रधानध्यापक रामप्रसाद श्रेष्ठले जानकारी दिए ।
समापन कार्यक्रममाभोली विविध साँसकृतिक कार्याक्रम गरिने र पर्सी पनि भव्य सांस्कृतिक कार्यक्रम गर्दै भव्य सांस्कृति कार्याक्रम गदै वार्षिकोत्सव मनाईने भएकोले वम्घा वलेटक्सारवासीको सहभागिताका लागि त्यस विद्यालयका प्रधानध्यापक राम गिरीले अनुरोध गरेका छन् ।
दोश्रो दिन नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धि जिसी , अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य यदु ज्ञवाली , विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद ज्ञवाली। पुर्व प्रधानध्यापक डोलराज शर्मा लगातको विशेष आतथ्यता रहेको थियो ।