Sorry, that menu does not exist.
 

ईश्वरी पौडेललाई प्रअ नियुक्ति गर्ने ढोनपाको निर्णयले उत्तरगंगा माविमा विवाद चुलियो !

बुर्तिबाङ, २०७४ चैत ३ । ढोरपाटन नगरपालिका—१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विवद्यालयमा प्रध्यानाध्यापक नियुक्तिका लागि नगरपालिका आफैले एकाएक निर्णय गरेपछि झनै बिबाद बल्झेको छ ।

चैत्र २ गते नगरकार्यपालिकाको बैठकमा उत्तरगंगा माविको प्रध्यानाध्यापक नियुक्तिको विषयमा प्रस्तावमाथि छलफल हुँदा कार्यपालिकाका सदस्यहरु बीच नै राजनीतिक आधारमा स्पष्ट दुइ खेमामा मत विभाजन भएको थियो । बैठकमा उक्त विद्यालयका प्रध्यानाध्यापकमा इश्वरी प्रसाद पौडेललाई नियुक्ति गर्ने प्रस्ताव एमाले र माओबादी केन्द्रबाट निर्वाचित नगरकार्य समितिका सदस्यहरुले राखेपछि उता राष्ट्रिय जनमोर्चा र कांग्रेसबाट निर्वाचित नगरकार्यपालिका सदस्यहरुले भने नगरपालिकाले शिक्षा ऐन, नियमावली र विधि विपरित कुनै पनि व्यक्तिलाई सिधै प्रअ नियुक्ति गर्ने अधिकार नभएकाले प्रअमा जुनसुकै व्यक्ति आएपनि विधि र प्रकृयाबाट हुनुपर्ने भन्दै आपत्ति जनाएका थिए । बहुमतले पौडेललाई नै नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको विपक्षमा मत राख्ने नगरकार्यपालिकाका सदस्यहरुले उक्त निर्णयप्रति नोट अफ डिसेन्ट गरेका थिए ।

यो घट्नाक्रमले नगरपालिका आफै राजनीतिक विवादमा झन तानिएको छ । नगरपालिकाभित्रका अधिकांश विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति क्रियाशील रहिरहेको र उक्त विद्यालय व्यवस्थापन समिति मार्फत नै विधिगत रुपमा प्रअ नियुक्ति गर्ने गरिएपनि नगरपालिकाभित्र यसभन्दा पहिले पनि लामो समय प्रअ विवाद रहेको उक्त विद्यालयमा नगरपालिका आफैले सिधै प्रअ नियुक्ति गर्ने निर्णय गरेको छ । स्थानीय निकाय आफैले सिधै विद्यालयको प्रअ नियुक्ति गरेको जिल्लाकै यो पहिलो घट्ना हो ।

बर्तमान अवस्थामा एकातिर शिक्षा ऐन, नियमावली र मौजुदा कानून खारेज भएको अवस्था छैन भने अर्कोतर्फ स्थानीय निकायले कानूनको हस्तक्षेप गरी कुनै पनि विद्यालयको प्रअ सिधै नियुक्ति गर्ने व्यवस्था भने रहेको देखिदैन ।

गत मंसिर ११ गते तत्कालीन प्रअ धनबहादुर कँुवरले प्रअ पदबाट अनिबार्य अवकास पाएपछि कुँवरले विद्यालयका शिक्षक निमबहादुर जीसी नविनलाई प्रअको कार्यभार हस्तान्तरण गर्नुभएको थियो । उक्त प्रअ पदको बिषयमा समस्या समाधान नहँुदा बैक खाता खोल्ने कामसमेत रोक्का भई अहिलेसम्म विद्यालयका शिक्षक कर्मचारीहरुले तलब भत्ता खान पाएका छैनन् । नगरपालिका आफैले गरेको प्रअ नियुक्तिको यस बिबादले समस्या अझै जटिल बन्ने जानकारहरुको अनुमान छ ।

यस्तो छ, उत्तरगंगा माबि भित्रको बिबाद, पढौँ :

*उत्तरगंगा उमाविमा अनिश्चितकालीन तालाबन्दी : बुर्तिबाङ बन्दको आव्हान !

*आठ महिनादेखि तलब नपाएपछी उत्तरगंगा उमाविमा पुन: पठन-पाठन ठप्प !

* बुर्तिवाङ उत्तरगंगा उमाबिमा भाँडभैलो:कहिले सासूको पालो, कहिले बुहारीको !

*बुर्तिवाङस्थित उत्तरगंगा उमाबिका प्राचार्य पौडेलको कदम बिरुद्ध शिक्षक आन्दोलित

*सर्वोच्चको फैसलाबाट उत्तरगंगा उमावि बुर्तिबाङको प्रअमा कुवँर कायम !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply