Sorry, that menu does not exist.
 

राम्चे ढुङगालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल सुरु

थम्मन थापा सन्देश, गल्कोट २०७४ चैत ४ । गल्कोट नगरपालिका ७ मल्मको पर्यटकीय स्थल राम्चे ढुङगालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्य सुरु भएको छ । आर्थिक वर्ष २०७४र७५ को गल्कोट नगरबाट पर्यटन केन्द्रको लागि विनियोजित बजेट रु १० लाख ५० हजार अन्तर्गत पिकनिक स्पोर्ट र सडक निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

अहिले सार्वजनिक शौचालय र भवन तथा मञ्च निर्माण कार्य चलिरहेको राम्चे ढुङगा पर्यटन विकास केन्द्र मल्मका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए। पर्यटकीय स्थल घुम्टेको काखमा अवस्थित राम्चे ढुङगाबाट गल्कोट क्षेत्र सॅगै विभिन्न मनोरम हिम श्रृङखला अवलोकन गर्न सकिन्छ । राम्चे ढुङगामा हिउदको समयमा वनभोज खानको लागि विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु आउने गर्दछन । मल्म पाण्डवखानी सडकको छेउमा रहेको उक्त स्थानमा अहिले सडक जोडिएको छ भनें खानेपानीको उचित व्यवस्था समेत रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply