बागलुङ २०७४ चैत ५ । स्थानीय निकायको निर्वाचनमा कहिँ कुनै त कहिँ कुनै राजनीति दलबाट प्रतिनिधी निर्वाचित भएका छन । आगामी पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधीहरु जुनसुकै पार्टीका किन नहुन उनिहरु त्यस गाउँ वा नगरपालिकाका प्रतिनिधी हुन्, नकि कुनै पार्टीको ।
अज्ञानतावस भनौँ या दम्भवस भनौँ, स्थानीय निकाय (गाउँ/नगरपालिका) मा विजयी हुने पार्टीले गाउँ वा नगरपालिकालाई आफ्नै पार्टीको सम्पत्ति ठान्ने अप्रजातान्त्रिक सोँच र सँस्कारको विकास हुनुले गणतन्त्रकै खिल्ली उडाईरहेको छ भन्नु अत्युक्ति नहोला ।
एक जना फेसबुक मित्र DB Sherchan ले आफ्नो फेसबुक वालमा शेयर गरेको तस्वीरले यसै कुरालाई संकेत दिईरहेको छ । शेयर गरिएको तस्वीरले ढोरपाटन नगरपालिकाको कार्यालयमा एमालेको, पार्टी र जनप्रतिनिधी बीच अन्तरसम्वन्ध विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको प्रमाणित भएको छ र त्यस्मा तीखा टिप्पणी समेत गरिएका छन् ।
यस्ता पार्टीगत कार्यक्रमहरु गाउँ/नगरपालिकाका कार्यालयमा गर्न हुन्न, अनि स्थानीय निकायका कार्यालयलाई पार्टीको नीजी कार्यमा प्रयोग गर्नु बान्छनीय हुन्न भन्ने पार्टी नेताहरुले समयमै बुझ्नु उचित हुन्छ कि, कसो ?