झरना कँडेल, बुर्तिवाङ २०७४ चैत ५ । ढोरपाटन नगरपालिकाले नगरपालिका मातहतमा रहेका स्वास्य ईकाईहरुलाई औषधी बितरण गरेको छ । नगरबासी तथा स्वास्थ्य सस्थामा आउने सेवाग्राहीलाई औषधीको अभाब नहोस भन्ने उद्धेश्यले नगरपालीकाले आज बिभीन्न स्वाथ्य चौकी स्वास्थ्य ईकाई स्वास्थ्य चौकी लाई बिभिन्न ४२ प्रकारका तथा प्राथामीक स्वास्थ्य केन्द्रलाई बिभीन्न ५६ प्रकारका औषधी बितरण गरेको हो ।
नेपाल सरकारबाट प्राप्त ती औषधीहरु ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपाली , प्रमुख प्रसाशकीय अधिकृत रामप्रसाद आचार्य जनस्वास्थ्य शाखाका रितुबर्ण पौडेल लगायतको रोहबरमा प्रत्येक स्वास्थ्य संस्थाका प्रमुखहरुलाई बितरण गरीएको हो ।
ढोरपाटन नगरपालिका वडा नं १ मा अवस्थित बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रलाई सिटामोल २० हजार ट्याब्लेट , जीनवजल १ हजार , आईरन १० हजार आखामा राख्ने औषधी लगायत अन्य बिभीन्न प्रकारका ओषधी बितरण गरिएको छ भने , ढोरपाटन सामुदायीक स्वास्थ्य ईकाई लाई सीटामोल २ हजार ५ सय , आईरन १ हजार , आखाको औषधी ५० र सलाईन ४० वटा , त्यस्तै बोबाङ स्वास्थ्य चौकी बोबाङ लाई सीटामोल ५ हजार , आईरन ३ हजार , जीवनजल १ सय बटा, अधिकारीचौर स्वास्थ्यचौकी सैखोलालाई सीटामोल १० हजार , आईरन २ हजार , जीवनजल १ सय , र खुर्गा स्वास्थ्य चौकी छोरेगाउँलाई सिटामोल ५ हजार , आईरन ३ हजार जीवनजल १ सय लगायत अन्य बिभीन्न प्रकारका औषधी गरी ४२ प्रकारका औषधी बितरण गरेको जनस्वास्य शाखा ढोरपाटन नगरपालीका का रितुबर्ण पौडेलले बताए ।
गर्मीयामको सुरुवातीसंगै , महामारी फैलन सक्ने प्रबल संभावना रहेकाले अत्याबस्यक र नेपाल सरकारले सुचिकृत गरेका सबै प्रकारका औषधी हस्तान्तरण गरिएको हो ।
भिडियो दबनगिलन दबभिधब बचउयत पष्चबलबअजबचथब(द्दण्ठद्ध(ज्ञद्द(छ मा छ ।