Sorry, that menu does not exist.
 

चरौदीका ११ वर्षिय क्यान्सर पीडित निराजन बस्नेतका लागि सहयोगको अपील

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत ५ । गल्कोट नगरपालिका ६ हरिचौर चरौदीका क्यान्सर पीडित निराजन बस्नेतको उपचारका लागी हालसम्म १० लाख जम्मा भएको छ । हड्डीको क्यासर पीडित बस्नेतलाई उपचारका लागी आर्थिक अभाव भएपछि सामाजिक सञ्जाल मार्फत उक्त रकम जम्मा भएको हो ।
११ बर्षिय बस्नेतको उपचारका लागी हालसम्म करिब १० लाख खर्च भईसकेको छ । आफनो एकमात्र छोरा हड्डीको क्यासरले ग्रसित भएपछि परिवारलाई ठुलो चोट पुगेको स्थानिय खड्क बस्नेतले बताए । क्यान्सर पीडित बस्नेतको १५ दिनदेखि काठमाण्डौ स्थिति नेपाल क्यान्सर हस्पितलमा उपचार भईरहेको छ । सामान्य निर्वाहमुखी खेतिकिसानी गरेर जिविकोपार्जन गर्दै आईरहेका बस्नेतलाई छोराको रोगले समस्यामा पारेको पीडित बस्नेतका बुबा गंग बहादुर बस्नेतले दुखेसो पोखे । छोराको दैनिक उपचार खर्च २५ देखि ५० हजार सम्म लाग्ने गरेको छ, परिवार पनि बिहान खाए बेलुका के खाने भन्ने समस्यामा छौ बस्नेतले भने, आफनो एकमात्र छोराको उपचारका लागी थोरै भएपनि सहयोग गर्न आग्रह गर्छु ।

आजदेखि मुख्य औषधी प्रयोग गरिने भएकाले बस्नेतको उपचारमा अझै लाखौ खर्च लाग्ने स्थानिय खड्क बस्नेतले बताए । बस्नेतको उपचारमा सहयोग गर्नुहुन आमा रेखा बस्नेतले स्वदेश तथा जापानमा भएका नेपालिहरुलाई आग्रह गरेकी छन् । बस्नेतको उपचारमा हालसम्म परिवारको ३ लाख र बाँकि संकलित रकमबाट भईरहेको छ ।

हालसम्म संकलन भएको रकम आगामि चैत १२ गते परिवारलाई हस्तान्तरण गरिने सहयोग संकलन अभियानका भवानी पन्तले बताए । अहिले पनि जापानमा आर्थिक संकलन अभियान निरन्तर चलिरहेको आफन्त आनन्द बस्नेतले जानकारी दिए । बस्नेतका २ छोरी, श्रीमति र एक छोरा रहेका छन । क्यासर पीडित बस्नेतले सम्बुद्ध एजुकेशनल एकेडेमीमा कक्षा ६ मा अध्ययन गर्दै आईरहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply