डम्मर बुढा मगर, बागलुङ, २०७४ चैत ७ । जिल्ला वन अधिकृत विशाल घिमिरेले वनको संरक्षणमा संचार क्षेत्रको महत्वपूर्ण भूमिक रहेकोले संचार माध्यमसँग मिलेर अगाडि बढ्ने बताएका छन् । उनले आज वन कार्यालय र सन्चारकर्मीहरुवीचको अन्तरकृयामा बोल्दै यस्तो बताएका हुन् ।
घिमिरेले नयाँ संरचना अनुसार कार्यालयहरु पनि बदलिन सकने बताउँदै वनको संरक्षण र सम्बर्धनमा विभिन्न कार्यक्रमको आयोजना गर्ने जानकारी दिए । सो अवसरमा उनले आगलागी हुनबाट बच्नको लागि सबै नागरिक संयम हुन जरुरी रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा सहायक वन अधिकृत रामबहादुर विकले गत वर्ष बागलुङ जिल्लामा ४२ वटा आगलागीका घटनामा करिब ७ सय हेक्टर क्षेत्रफल जमिनमा आगो लागि भएको जानकारी दिए । उनले गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकामा बढी आगलागी भएको पनि बताए ।