Sorry, that menu does not exist.
 

यु–१९ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली युवा टोली प्रस्थान

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत ७ । थाइल्यान्डमा शुक्रबारबाट सुरु हुने यु–१९ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेकोे छ। प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा थाइल्यान्ड जाने तीन सदस्यीय टोलीलाई मंगलबार नेपाल विद्यालय भलिबल कमिसनले बिदाइ गरेको हो । उक्त खेलका लागी अशोक सुनार र प्रकाश केसी रहेको नेपाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसी र सचिव लोकेन्द्र खड्का लगायतले शुभकामनासहित बिदाइ गरेका छन ।

असोश सुनार गल्कोट नगरपालिका २ नरेठाटीका खेलाडी हुन । सानै उमेरदेखि भलिबल खेल खेल्दै आएका सुनारले पहिलो पटक थाईल्यान्ड जाने मौका पाएका हुन । उनले कक्षा १० सम्म गल्कोट नगरपालिका २ नरेठाटीको एरा मोडरल्याण्ड बोडिङ स्कुलमा अध्ययन गरेका थिए भने हाल कक्षा ११ मा पोखराको स्पाईरल ग्यालेक्सीमा अध्ययन गरिरहेका छन् । बागलुङको ढोरपाटनमा आयोजना गरिएको यु–१९ छनोट खेलमा बिजयी भएपछि सुनारले थाईल्यान्डको यात्रा तय गरेका हुन । थाइल्यान्डको नखन पाथेममा तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, इरान, भियतनाम, श्रीलंका र कम्बोडियालगायतको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट ५ देश अर्जे्न्टिनामा अर्को वर्ष हुने युथ ओलम्पिक खेलकुदमा छनोट हुनेछन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply