Sorry, that menu does not exist.
 

झिम्पा खनारचौरमा लुगाधुने र नुहाउने स्थानको पुननिर्माण सुरु !

डम्मर बुढा मगर, बागलुङ, २०७४ चैत ८ । आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यले निसीखोला गाउँपालिका–४ झिम्पाका केही युवा र रोजगारीका लागि विदेशमा गएका केही युवाहरुको सक्रियतामा निसीखोला–४ झिम्पा खनारचौरमा व्यवस्थित लुगा धुने तथा नुहाउने स्थानको पुननिर्माण कार्य सुरु भएको छ ।

करिब १ यस वर्ष पुरानो त्यो लुगा धुने स्थानलाई पुर्खाहरुले १ किलोमिटर पर कारीखोलाबाट कुलो बनाई पानी लिई खानेपानीको रुपमा प्रयोग गरेको स्थानीय बृद्ध भक्तबहादुर क्षेत्रीले बताए । त्यति बेलाका मानिसहरुलाई खानेपानी टाढाबाट बोकेर ल्याउदा समस्या भएको कारण कारीखोलाबाट कुलो बनाई पानी गाउँमा ल्याएपछि खनारचौरमा नुहाउने धुने स्थान बनाएका थिए । यहि पानीले झिम्पाको फाँट र रोपौटेको फाँटमा अहिले सम्म सिचाई गरिँदै आएको छ । कुलोको पानीलाई दुई स्थानबाट २ तिर बाढियो तर त्यो लुगा धुने स्थानको निर्माण गर्न कसैले ध्यान नपुग्दा सो स्थान बेवारिसे अवस्थामा रहेको थियो ।

यो स्थानमा प्राय जसो त्यस गाउँका अधिकांश मानिसहरु साना तथा ठूला कपडाहरु धुने गर्दछन् । लुगा धुने स्थानमा कसैको पनि ध्यान नजाँदा स्थानीय शिक्षक रामबहादुर क्षेत्रीको अध्यक्षतामा समिति बनाएर लुगा धुने स्थानलाई व्यवस्थित बनाउन सुरु गरिएको छ । त्यस ठाउँलाई व्यवस्थित बनाउन आर्थिक अभाव भएको हुँदा झिम्पा सेवा समाज दोहा कतारका अध्यक्ष रेमबहादुर क्षेत्रीले आर्थिक अभियान थालेका छन् । अहिलेसम्म करिब ३६ हजार रुपैँया आर्थिक सहयोग जुटेको उनले बताए । आफुहरुले सहयोग उठाएको रकमले व्यवस्थित लुगा धुने स्थान बनि सके पछि बाँकी रहेको रकमले पोखरी निर्माण गर्ने क्षेत्रीको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply