प्रेम सुनार, गुल्मी २०७४ चैत ९ । गाउँवासी एकमत हुने हो भने वडा स्तरको महोत्सवममा पनि जिल्लामा हुने ठुला महोत्सवमा झैं मानिसहरुको जमघट गराउन सकिन्छ भन्ने उदाहरण साविकको वलिथुम गाविसका वासीन्दाले दिएका छन् ।
गुल्मी दरवार गाउँपालिका वडा नम्वर १ , वलिथुममा रहेको नव जनविकास युवा परिवारले हिजो देखि आयोजना गरेको रेसुङ्गा वलिथुम संरक्षण महोत्सवमा सदरमुकाममा आयोजना हुने जत्तिकै मानिसको जमघट रहेको देखियो ।
जनजाती समुदायको वाहुल्य रहेको वलिथुममा आयोजित एक दिने उक्त महोत्सवमा त्यहाँको कृषि उत्पादन, परम्परागत घरेलु प्रयोजनका वस्तुकला , मगर समुदायको परम्परागत भेषभुषा र परिकारको प्रदर्शनी गरिनुका साथै भव्य ब्यापार समेत गरिएको थियो ।
दर्जनौं स्टल राखेर स्थानियले एक दिनकै जमघटबाट लाखौंका व्यापार गर्ने अवसर समेत महोत्सवले दिलाएको त्यस क्लवका सल्लाह संयोजक पुनराम ज्ञवालीले बताए ।
मगर समुदायको संस्कृति र स्थानिय पशु पन्छीको संरक्षण, लोपोन्मुख परम्परागत घरेलु उत्पादन, कृषकहरुलाई व्यवसायी कृषिमा प्रोत्साहित गर्नु विविन्न स्थानका मानिसहरुलाई वलिथुम भित्राएर गाउँवासीलाई आम्दानीको श्रोत जुटाउनु महोत्सवको मुख्य उद्देश्य रहेको क्लवका महासचिव तथा चित्रकार जिवित ख्डकाले जानकारी दिए ।
नेपाल पन्छी संरक्षण गुल्मी शाखाको मुख्य प्रायोजनमा आयोजना भएको महोत्सवमा त्यस वलिथुममा गत तिन वर्ष देखि उत्पादन गर्न सुरु गरिएको ग्राउण्ड एप्पलको खेती अहिले फस्टाउँदै आएको र स्थानियले आम्दानीको राम्रो श्रोत फेला परेको नेपाली कांग्रेस त्यस वडा नम्वर १ का सभापति प्रेम पुनलेृ बताए ।
उनले भने–‘ प्रति किलो ३ सयका दरले विक्रि हुने ग्राउण्ड एप्पल अहिले वलिथुमका प्रायः प्रत्येक घरधुरीमा उत्पादन र विक्रि वितरण गर्न थालिएको छ , जसलाई चैत्र १६ गतेबाट सुरु हुने तेश्रो गुल्मी महोत्सवमा स्टल राखेर विक्रि गर्ने तयारी गरिएको छ ।
वलिथुम गाउँ मगर संस्कृतिको उद्गम थलो हो तर पछिल्लो चरण आफ्नै भाषा समेत लोप हुँदै गएपछि यहाँको युवाहरुले यस्तो महोत्सव राखेर सह्रानिय कार्य गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा स्थानियवासी छविलाल सर्तुङ्गेले बताए ।
‘एउटै वडामा पनि यति भव्य महोत्सव गर्न सकिदो रहे छ , कार्यक्रमका विशेष अतिथी त्यस गाउापालिकामा प्रतिपक्ष दलका नेता नेकपा एमालेका कृष्ण भुसालले भने–‘वलिथुमले–‘ अन्य वडाहरुलाई समेत प्रोत्साहन गरेको छ ।’
महोत्सवमा वडाध्यक्ष रामबहादुर पल्लीले अयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य हिराबहादुर सर्तुङ्गे , माओवादी केन्द्रका जिल्ला सदस्य शेरबहादुर सर्तुङ्ग त्यस क्लवका अध्यक्ष चेतप्रसाद राजकोटी ,नेपाल पन्छी संरक्षण गुल्मी शाखाका प्रतिनिधी मित्र पाण्डे लगायतले पनि मन्तव्य राखेका थिए ।
महोत्सवमा स्थानिय भजन किर्तन, सोरेठी, सालैजो , नौमति वाजाले भव्य मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमममा गायक सन्तु थापा, कमल काउछा , नृत्यकार आशा वलाल, तहलसिंह फुङजेली र अन्य स्थानि कलाकारको प्रस्तुतीले थप मनोरञ्जन दिएका थिए ।
महोत्सव मुल समारोह समितिका संयोजक सुर्य कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार संयोजक पुनराम ज्ञवालीको स्वागत मन्तव्य, सचिव विष्णु ज्ञवाली र पुर्व सचिव दिनेश कुँवरको सञ्चालन रहेको थियो ।