बागलुङ २०७४ चैत १० । नेपालमा चैतदशैँ मेला भन्दा साथ बागलुङकी प्रशिद्ध कालिका भगवती मन्दिरमा लाग्ने ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक महत्वको चैतदशैँ मेला वा पर्व भन्ने बुझिन्छ । पाँच सय वर्ष पहिले पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मुनि मुकुन्द सेनकी राजकुमारीलाई बिबाह गरी फर्कदा राजकुमारीले आफना बुकासंग पाल्पाकी माझकी देवीलाई मागेर साथै ल्याएर बाँगेचौरमा स्थापित गरेपछी यहाँ पवित्र स्थलमा सालबसाली रुपमा चैतदशैँ मेला लाग्न सुरु भएको मानिन्छ ।
सामान्यतया चैत्रशुक्ल षष्ठी देखी पाँच दिन सम्म मनाईने चैतदशैँ मेला पछिल्लो समय साँगीतिक प्रस्तुति, लोक दोहोरी गीत तथा बिभिन्न खेलकुद प्रतियोगिता आदि कार्यक्रम गरी मनाईन थालेको छ । स्थानीयस्तरमा उत्पादित ठेका, डाला डाली, घरेलु प्रयोजनका लागि प्रयोग हुने स्थानीयस्तरमा निर्मित सामाग्रीहरुको बिक्री गर्ने प्रचलन शनै शनै बिलुप्त हुँदै गएको छ । चैतदशैँको परम्परागत मेलामा निकै परिमार्जन भएको छ । चैतदशैँमा हजारौ हजार भक्तजनहरुले कालिका भगवती मन्दिरमा आएर आफ्ना मनाकामनाहरु पूर्णहोस भनी देवीको पूजा अराधना गर्छन् । कालिका भगवतीलाई सम्झेर भाकल गर्नेहरु चैतदशैँमा पन्भबलि सहित पूजा गर्छन । मुलुकमै सर्बाधिक पशुबलि चढने देवीको मन्दिरमा गढीमाई पछी बागलुङ कालिका भगवतीलाई लिईएमा अत्युक्ति हुनेछैन ।
चैत्राष्टमीमा पूर्व सन्ध्यामा आज सप्तमिमा कालिका भगवती मन्दिरमा श्रद्धालुहरुको घुँईचो लागेको छ । कालिका भगवती मन्दिर परिसरमा भुईँमा खुट्टा राख्ने ठाउँ देखिन्न । बागलुङ कालिका माईँको प्रशिद्धि यसै कुराले पनि प्रष्ट्याई रहेको छ ।
तस्वीर-कुसुम थिङ र दीपा पाण्डे
२०७४ चैत १० गते सप्तमी तिथी ।
कालिका भगवती मन्दिर, बागलुङ ।
योपनि पढौं
साताको तस्वीर : चैते दशैँ बागलुङ बजार… !