डिल्ली हुमागाई, युएई २०७४ चैत ११ । नेपाली साहित्यको कविता विधामा थोरै तर स्तरीय सिर्जना गरेर नयाँ आयाम कोरेका ‘सगरमाथाको गहिराई’ का सर्जक कवि नवराज पराजुलीको कबिता कन्सर्ट भब्यताका साथ सम्पन्न भएको छ। मार्च २३ शुक्रबार युएईमा कार्यरत कविताप्रेमीहरुका लागि सिर्जना वाचन डबली यूएईको प्रमुख आयोजना तथा ट्राभहिल डट कमको मुख्य प्रायोजनमा ‘नवराज पराजुली कविता कन्सर्ट’ दुबईको पानारोमा होटलमा सम्पन्न भएको हो। दिउँसो १ बजेबाट शुरु भएको उक्त कार्यक्रममा कवि पराजुलीले आफ्ना चर्चित कविता सुनाउनु भएको थियो भने यूएईमा श्रमरत नेपाली साहित्यानुरागीहरु, विशेष गरी कविताप्रेमीहरु र नवराजका फ्यानहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
पृथक वाचन शैली र सरलतामा गहन भावको सिर्जना पस्किन खप्पिस पराजुली पछिल्लो समय देश तथा विदेशका साहित्यिक मञ्च लगायत सामाजिक सञ्जाल र मिडियाहरुमा लोकप्रिय मानिनुका साथै नेपाली साहित्यलाई बिदेशिएका नेपालीहरु माझ पस्किदै विभिन्न देशमा कबिता कन्सर्टमा देखिने गरेका छन। बेलायतबाट फर्किने क्रममा यूएईमा रहेका आफ्ना प्रशंसक माँझ साक्षात्कार भएका पराजुलीको खाडी मुलुकमा यो नै कार्यक्रम पहिलो र भब्य रहेको आयोजक दाबी छ।
उक्त कार्यक्रमलाई सफल पार्न यूएईका प्रतिष्ठित नेपाली संघसंस्था गैर आवासीय नेपाली संघ, युएई ,अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज, यूएई, इनास भाषा तथा साहित्य प्रवर्द्धन ग्लोबल समिति ,विवेकशील साझा सद्भाव समुह,पत्रकार महासंघ यूएई लगायतका संस्थाहरुको बिशेष सहयोगमा सम्पन्न भएको थियो।कार्यक्रममा कवि पराजुलीसँगै यूएईस्थित सिर्जना वाचन डबलीमा आवद्ध सर्जकहरुले आफ्नो सिर्जना वाचन गरेका थिए भने सोही कार्यक्रमका बीच अग्रज साहित्यकार मञ्जु काँचुलीलाईवपनि विशेष सम्मान गरिएको आयोजकले बताएका छन् ।विगत दुई वर्ष अगाडिदेखि हरेक दुई महिनामा यूएईमा रहेका सर्जकहरु बीच प्रत्यक्ष वाचनको अभ्यास शुरु गरेको सिर्जना वाचन डबलीको यो एघारौं शृङ्खला हो बेलाबखत अतिथि साहित्यकारहरुलाई समेत आमन्त्रण र सम्मान गर्ने यस डबलीले यसअघि नै अग्रज साहित्यकारहरु डा.कृष्णहरि बराल, डा. कृष्णजंग रायमाझी ,कृष्ण प्रसाई लगायतका सर्जकहरुलाई यूएईको साहित्यिक स्टेजमा उभ्याइसकेका थिए भने पराजुलीलाइ समेत उर्तान सफल रहे।
पहिलो पटक अरब आएका कवि नवराज पराजुलिले छोटो अन्तरवार्ताको क्रममा सरमाथाको गहिराई कविता लेख्दा एक दिन अरब नै गएर कविता बाचन गर्ने सपना थियो जुन आज पुरा भएको छ तर त्यो कविता भन्ने आट नआएको बताएका थिए । त्यसैले पनि होला पराजुलि कविता भन्नु भन्दा पहिला देखी नै निकै भावुक देखिन्थे ।म धेरै देशहरु पुगेको छु तर मध्यपुर्वमा भने म पहिलो पटक आएको हुँ पराजुलीले न्युज7नेपाल संग भने त्यसैले पनि आज धेरै नर्भस छु । पराजुलि नर्भस हुदै भन्छन सरमाथाको गहिराई कविता लेख्दा एक दिन अरब नै गएर कविता बाचन गर्ने सपना देखेको थिए आज म त्यही ठाउँमाछु त्यसैले त्यो कविता कसरी भन्ने आट आएको छैन ।
यसैबीच झापाली समाज यूएईले आफ्ना जिल्लावासी कवि पराजुलीलाई कदरपत्रका साथमा सम्मान समेत गरेका थिए।