बुर्तिबाङ २०७४ चैत १२ । बुर्तिवाङस्वास्थ्य ब्यबस्थापन सुचना प्रणाली अभिलेख तथा प्रतिबेदन सम्बन्धी ३ दिने तालीम आजबाट सुरु भएको छ ।
तालीममा ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला बढीगाड तथा ताराखोला गाउँपालिकाका गरी २१ जना स्वास्थ्यकर्मीहरको सहभागिता रहेको छ ।
उद्घाटनको अबसरमा बोल्दै, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले तालीममा सिकेका कुरालाई ब्यबहारमा उतार्नु पर्ने बताउदै बिरामीहरुको आधा रोग स्वास्थ्यकर्मीको ब्यबहारबाटै निको हुने भएकाले सेवाग्राहीलाई मुस्कान सहितको सेवा प्रदान गर्न आग्रह गरे ।
नगरप्रमुख नेपालीले स्वास्थ्यकर्मीहरुको मानवजीवनको रक्षा जस्तो महत्वपुर्ण जिम्मेबारी रहेकाले आफ्नो जिम्मेबारीलाई ईमान्दारिताका साथ बहन गर्न अनुरोध समेत गरे ।
स्वास्थ्य संस्थाबाट प्रदान गरीने बिभिन्न सेवाहरुको अभिलेखीकरण ,स्वास्थ्यकर्मीहरुले उपयुक्त तरीकाले गर्न सक्षम बनाउने तथा स्वास्थ्य सस्थाले दिने सेवाहरुको अभिलेख तयार पार्न सक्षम बनाउने उद्देश्यका साथ जनस्वास्थ्य कार्यलय बागलुङको आयोजनामा सञ्चालित तालीमको उद्देश्यमाथी प्रकाश पार्दै धौलागीरी अञ्चल अस्पताल बागलुङका मेडिकल रेकर्डर अधिकृत तथा तालीम अधिकृत तर्थिराज गौतमले स्वागत गरेका थिए ।
कायक्रममा बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रका सञ्चालक समिती अध्यक्ष तथा ढोरपाटन नगरपालिका वडा न. १ का वडाध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षता , ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
आज भएको उद्घाटन सत्र जिल्ला जनस्वास्थ्य कार्यालय कार्यालय बागलुङका तथ्याङ्क संकलन अधिकृत घनस्याम साप्कोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।