निर्मल पौडेल (एन पि घायल) पर्वत २०७४ चैत १४ ।पर्वतको फलेवास नगरपालिका ५ खानिँगाउमा दुइदिने स्थानिय स्रोतसाधन पहिचान र परिचालन तालिम सुरु भएको छ ।
युवा महिला सशक्तिकरण अन्र्तगत प्लान इन्टरनेशनल नेपालको सहयोग र इन्प्रेड नेपालको आयोजना मा तालिम सञ्चालन भएको हो ।
तालिममा प्रशिक्षक राजेन्द्र पौडेलव्दारा महिलाले स्थानिय स्रोत र साधनको पहिचान र संभावानाहरुको बारेमा जानकारी गराउँदै महिलालाइ सफल उद्यमीको रुपमा स्थापित हुनको लागि अभिप्रेरणा जगाइएको थियो । प्रशिक्षक पौडेलले महिलाहरु उद्यमशील सक्षम र आत्मनिर्भर वन्नुपर्ने बताए।
प्रशिक्षणमा महिलाहरुलाइ घरभित्र र समाजमा गरिने विभेदकारी ब्यवाहरको अन्त्य गर्न र समाजमा परापूर्वकालदेखि मानिदै आएका कुपर्थाको शिकार पनि महिलाहरु नै हुनुपरेको बताउदै त्यसको अन्त्यको लागि पनि महिला आफै आवाज उठाउन को लागि सक्षम बन्न पर्नेमा जोड दिईएको छ ।
आज बुधवार सम्म सञ्चालन हुने तालिममा १७ जना किशोरी महिलाहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षण इन्प्रेड नेपाल पर्वतका सचिव राजेन्द्र पौडेलले गरेका थिए भने सञ्चालन इन्प्रेड नेपालका सामाजिक परिचालक विकास पौडेलले गरेका थिए ।