गुमानसिँह भण्डारी गल्कोट २०७४ चैत १५ । गल्कोट नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुका लागी पूर्ण सरसफाई सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सुआहारा बागलुङको आर्थिक सहयोग र गल्कोट नगरपालिको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुआहाराका यज्ञराज ओझाले सरसफाई गुरुयोजना २०६८ र पुर्ण सरसफाई निर्देशन २०७३ ले निर्दिष्ट गरेको तथा पुर्ण सरसफाईले निर्देशन गरेका कार्यहरुको बिषयमा जानकारी गराएका थिए । उनले सरसफाईको योजना तर्जुमा ब्यवस्थापन अन्तर्गत घरायासी, वातावरणीय एवं ब्यक्तिगत सरसफाइ वारे जानकारी गराएका थिए ।
कार्यक्रममा गल्कोट नगरपालिका भित्रका वडा अध्यक्ष तथा प्रतिनिधि, नगरपालिकाका बिभिन्न बिभागका कर्मचारी, शिक्षक प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
सोहि अवरसरमा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा ३३ सदस्यीय नगरपालिका स्तरिय खानेपानी सरसफाई, तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । गठित समितिको निर्देशनका आधारमा गल्कोट नगरपालिका भित्रका प्रत्येक वडामा ईकाइ समिति गठन गर्ने बताईएको छ । कार्यक्रम नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, जगदीश लोहारको स्वागत मन्तब्य र गल्कोट नगरपालिकाका वास सम्पर्क ब्यक्ति दुर्गा छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।