Sorry, that menu does not exist.
 

हजारौ बहानामा मन मुटु, लुटेका छन् मान्छेहरू

हजारौ बहानामा मन मुटु, लुटेका छन् मान्छेहरू
आफ्नैलाई फसाउन जाल, बुनेका छन् मान्छेहरू
ए मानव हो अब हरेक पलपल होसियार बन्नुपर्छ
हरेक क्षण विरोधका निम्ति, जुटेका छन् मान्छेहरू

कैले काँही जित हैन हारमा पनि हाँस्ने गरेको छु म
जस्तो सुकै परिआए सारमा पनि हाँस्ने गरेको छु म
मनै त हो सबै मानवको के को ठूलो के को सानो
त्यसैले त खुकुरीको मारमा पनि हाँस्ने गरेको छु म

बेचेर जिन्दगी, सपना किन्न मन लागेको छ
छाडेर पाइताला, बाटो हिड्न मन लागेको छ
खै के रहेछ जिन्दगी आखिर बुझ्न सकिनँ मैले
बिर्सेर दुनियाँलाई, आफु चिन्न मन लागेको छ

डम्मर बुढा मगर
बागलुङ
२०७४ चैत १५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply