Sorry, that menu does not exist.
 

मृगौला रोगी १८ वर्षिया अस्मितालाई अस्ट्रेलियाबाट कुँवर बन्धुले दिए रु ७८ हजार !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत १५ । बैदेशिक रोजगारिका लागी गल्कोटे नरेठाटीबाट अष्ट्रेलियामा गएका दुई जना ब्यक्तिले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन ।

गल्कोट नगरपालिका २ नरेठाटी निवासी छबिलाल बिककी १८ बर्षिया मृगौला पीडित छोरी अस्मिता बिकका लागी सोहि ठाउका लक्षुमण कुवर र दुर्गा बहादुर कुबरले ७८ हजार ७० रुपिया प्रदान गरेका छन ।

१ बर्षदेखि मृगौलाको रोगबाट ग्रसित बिकको उपचारमा सहजता प्रदान गर्ने उदेश्यका साथ गल्कोट समाज अष्ट्रेलिया सिड्नीका महासचिव लक्षुमण कुबर र दुर्गा बहादुर कुबरको नेतृत्वमा संकलन गरिएको रकम आज एक कार्यक्रमका बिच परिवारलाई हस्तान्तरण गरिएको छ ।

आर्थिक संकलन अभियानता कुबरका अनुसार ‘हाम्रो सानो सहयोगले पीडितहरुलाई थोरै भएपनि राहात होला भन्ने मनसायले आर्थिक सहयोग हस्तान्तरण गरेका बताएका छन । उनिहरुले ‘यो सहयोग रकम सानो भएपनि मनैदेखि गरिएको सहयोग भएको भन्दै यसले अरु धन भएकाहरुलाई सहयोग गर्न प्रेरणा मिल्ने बताए । संकलित रकम लक्षुमण कुबरका बुबा प्रेम बहादुर कुबर र गल्कोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष हिम बहाद्ुर भण्डारी हेमन्तले सयुक्त रुपमा पीडित परिवारलाई प्रदान गरेका हुन ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले दुई कुबर दाजुभाईले पीडित बिकलाई गरेको सहयोग प्रशंसनीय कार्य भएको बताए ।

बिदेशमा दुख गरि कमाएको रकम संकलन गर्नु आफैमा जटिल काम गरेको भन्दै अध्यक्ष भण्डारीले यस्ता खाले समस्या भएका ब्यक्तिहरुलाई निरन्तर रुपमा सहयोग गर्न आग्रह समेत गरे ।

आर्थिक अवस्था कमजोर भएका बिकको परिवारको हालसम्म लाखौ खर्च भईसकेको बताईएको छ । बिकको हाल पोखराको बिपि अस्पतालमा उपचार भईरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply