Sorry, that menu does not exist.
 

रात्री बस चढेर, गुल्मी महोत्सवमा व्यापार गर्न आयौं तम्घास बजार !

प्रेम सुनार, गुल्मी २०७४ चैत १५ । रात्री बस चढेर गुल्मीको सदरमुकाम तम्घास ओर्लिएका काठमाण्डौका नवराज लामिछाने भोलि देखि सुरु हुन गई रहेको तेश्रो गुल्मी महोत्सवको व्यापारिक स्टलमा अनिद्रा थेग्न नसकेर निदाई रहेका थिए ।

उनि सहित ताराप्रसाद भण्डारी, रिसु लामिछाने , ताराप्रसाद भण्डारी लगायत एक वस व्यापारिहरु आज विहान काठमाण्डौबाट ओर्लेका थिए । उनिहरु आज विहान देखि आलो पालो निदाउने र र स्टल सजाउन मै व्यस्त थिए ।

पोखरा, नवलपारासी, रुपन्देही, कपिलवस्तु देखि सुदरपश्चिमाञ्चल र उता विराट नगर, वीरगञ्ज देखि पुर्वाञ्चल सम्मका व्यापारीहरुको जमघटले गुल्मी नेपाल अधिराज्यमय बनेको महसूस हुन्थ्यो ।

बोलीको लवज पनि फरक फरक थियो । तराईबासीको आ–आफ्नै भाषा थियो भने अन्य स्थानका वासीन्दाको भाषा पनि आ–आफ्नै थियो । सामाजिक विविधता र अपनत्व त्यहाँ झल्किन्थ्यो । एकले अर्काको घर सोध्ने र परिचय आदन प्रदान गर्ने गरिरहेका थिए ।

व्यापार फरक फरक थियो । दैनिक दुई चार हजारका चनाचटपटे वेच्ने देखि दैनिक लाखौं व्यापार गर्ने सम्मको जमघट रहेको छ । कसैले म पहिलको गुल्मी महोत्सवमा पनि आएको थिएँ र यहाँको धार्मिक क्षेत्र रेसुङ्गा , रुरु , विचित्र गुफा लगायका स्थानमा त्यस वेलाको महोत्सव सकेर घुम्न गएको बताउँदै थिए भने कसैले रेसुङ्गा तिर फर्केर लोभ लाग्दो मुद्रमा हेर्दै आहा.. निकै रमणीय रहेछ हामी पनि एक चोटी त्यहाँ जानु पला भन्दै थिए ।

अहिले साँझ अवेर सम्म महोत्सव स्थल सिंगार्नमा ब्यस्त छन आयोजकहरु भने स्टल सजाउनमा भ्याई नभ्याईमा छन् व्यापारीहरु । कुल २ सय ९० वटा स्टल मध्ये ५० वटा जिल्लाको कृषि , पर्यटन, स्थानिय वस्तुकला प्रदर्शनीका लागि निशुल्क दिईएको र बाँकीबाट १४ लाख आयोजकलाई मुनाफा आउने गुल्मी उद्योग वाणिज्य संघका महासचित ताराप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार उता पिङ्ग, वालउद्यान लगायतको रमाईलो मेलाबाट २० लाख आयोजकले पाउने भएको उनले बताए । यस महोत्सवबाट १२ करोड देखि १५ करोड सम्म आम्दानी हुने अपेक्षा राखिएको संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक दुर्गाप्रसाद पाण्डेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply