काठमाडौँ २०७४ चैत १५ । राप्रपाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय एकता दिवस र सनातन धर्मालम्बीहरुको महत्वपुर्ण धार्मिक, साँस्कृतिक पर्वहरु विदा कटौती गर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको भन्दै क्रिसमसमा विदा दिने तर श्रीकृष्ण जन्माष्टमी, रामनवमी र घटस्थापनामा विदा नदिने निर्णय पूर्वाग्रही भएको गम्भीर आरोप लगाएको छ ।
प्रेस विज्ञप्तीमा पारम्परिक मुल्य, मान्यतालाई अवमुल्यन गर्ने प्रयासले हिन्दु धर्मालम्बीहरुको भावनामा गम्भिर आघात पु¥याएको जिकिर गर्दै नेपाली वीचको सदियौं देखि विद्यमान सामाजिक सद्भाव खलबलाउने र धार्मिक द्धन्द्ध बढाउने खतरा बढाएको उल्लेख गरेकोछ । सरकार हिन्दुधर्म कमजोर बनाउने षडयन्त्रको सम्बाहक भएको छ भन्दै यो निर्णय अविलम्ब सच्याउन राप्रपाले सरकारसँग माग गरेको छ ।
विज्ञप्तीमा नेपाली नाम र पहिचानको प्रतिक राष्ट्रिय एकिकरण, निरंकुश जहांनिया शासनको अन्त गरी प्रजातन्त्र स्थापना, सदभाव र एकताको आधार सनातन धर्मको गौरवपूर्ण ईतिहास एवं संस्कृति मेटाएर हिंसात्मक द्वन्द पछिको घटनाक्रमलाई मात्र मान्यता दिने योजनामा अन्ततः एमाले पनि मतियार भएको छ उल्लेख गरेको छ ।