पर्वत २०७३ फागुन ३ । अझै पनि शहरी क्षेत्रबाट डोकामा सिल्टे (सिल्भर)का भाँडाहरु डोकामा बोकेर दूरदराजका ग्रामिण ईलाकाहरुमा डोके व्यापारीहरु पुग्ने गरेका छन् । खासगरी यी डोके व्यापारीहरुले ग्रामिण भेगमा बसोवासगर्ने स्थानीयवासीहरु संग रहेका तामा, काँस, चरेस, पित्तल आदि धातुका पुराना भाँडावर्तन संग सिल्टेका भाँडा साट्ने गर्छन् ।
सिल्टेका भाँडाहरु हलुका र चिटिक्क देखिने हुँदा स्थानीयहरु घरमा भएका पुराना विग्रिएका चुहुने भाँडाहरु दिएर साट्ने गर्छन् । आफुसंग भएका तामा, काँस, पित्तल आदिका पुराना भाँडावर्तनको बास्तविक महत्व र मुल्य नबुझने ग्रामिणवासीले सिल्टेका भाँडासंग साट्ने गरेको स्थानीयले बताए । स्थानीयको शव्दमा, ‘थोँत्रा भाँडा दिएर सिल्भरका टल्कने नयाँ भाँडा साट्न पाउँदा ग्रामिणवासी मक्ख, उता सिल्टेका सस्ता भाँडा दिएर तामादिका भाँडा हातपार्दा डोके व्यापारी खुशी ।’
डोके व्यापारीहरुले गाउँगाउँबाट साटेर ल्याएका विभिन्न पुराना भाँडाहरु व्यापारीलाई दिएर मुनाफा लिन्छन् ।
कुस्मा बजारका भाँडा व्यापारीहरुकहाँबाट सिल्टेका भाँडाहरु डोकामा राखेर गाउँतिर हिँडेका डोके व्यापारीहरु ।
तस्वीर- किरण आचार्य, ईबागलुङ ।