Sorry, that menu does not exist.
 

तस्वीरमा यस्तो देखियो गुल्मी महोत्सवको प्रभातफेरी !

प्रेम सुनार, गुल्मी २०७४ चैत १६ । आज विहन करिव ११ वजेबाट सुरु भयो तेश्रो गुल्मी महोत्सवको प्रभातफेरी कार्यक्रम । सदरमुकाम तम्घासको विभिन्न टोल हुँदै गरिएको प्रभातफेरीले सिङ्गो तम्घास गुञ्जायमान थियो ।

पञ्चेवाजा सवै भन्दा अगाडी थिए भने, त्यसको विच विचमा कतै सोरेठी, कतै भजन कीतर्न र लाखे नाच र अन्य समुदायका आ–आफ्नै परम्परागत सांस्कृतिका झलकहरु हेर्न र सुन्न सकिन्थ्यो ।

आफ्नै भेषभुषामा सजिएका हजारौं मानिसको लाम तम्घासको पुतिली वजारको चोक देखि चिदीचौर सम्म थियो । विभिन्न विद्यालय, क्लव, संघ संस्था , विभिन्न गाउँका महिला समुह , सरकारी तथा गैह्र सरकारी निकायका प्रतिनिधीहरुको सहभागितामा सुरु भएको प्रभातफेरी विगतका दुई महोत्सवमा भन्दा अझ रमणीय देखिन्थ्यो ।

प्रस्तुत छ प्रभातफेरीका केहि झाँकीहरु ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply