Sorry, that menu does not exist.
 

कहिले सम्म बन्लान त, धौलागिरी अन्चल अस्पतालका यी अलपत्र भवनहरु ?

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत १६ । धौलागिरी अन्चल अस्पताल बेलामौकामा निकै चर्चामा आउने गर्छ । उपचारमा भएका लापर्बाहीले मात्र नभएर पछिल्लो समय अस्पतालका भवनहरु निर्माण सुरु गरिएको ८ वर्ष बिति सक्दा पनि सम्पन्न नहुँदा चर्चामा छ ।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट उद्घाटन गराउनका खातिर हतार हतार अस्पतालको नयाँ भवनको अघिल्लो खण्ड (ए ब्लक)कामचलाउरुपमा निर्माण गरिएपनि अस्पतालका अन्य खण्ड (ब्लक)हरु निर्माणाधीन अवस्थामा अलपत्र छन् । अस्पतालकै अगाडी फोहोर माटोको विशाल थुप्रोले अस्पताललाई कुरुप त बनाएकै छ, बाहिरबाट हेर्नेहरुका लागि पहाडकै झझल्को दिईरहेको छ ।

एकातिर चिकित्सकहरुका लागि काम गर्न उपयुक्त कोठाहरुको अभाव रहेको छ अर्कोतिर वर्षौँ देखी अस्पतालको बी र सी ब्लक भवनहरु सम्पन्न नहुनुले कता के कागताली नमिलेको हो भन्ने सर्वत्र आवाज उठिरहेको अवस्थामा ईबागलुङले सहरी विकास डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख प्रकाश अर्याल संग यस विषयमा शुक्रवार केहि जिज्ञासा राखेको थियो ।

अस्पतालको बी ब्लक रु ६ करोड ६० लाख ३९ हजार लागतमा २०६८ साल बैशाख १५ गते सम्पन्नगर्ने गरी २०६६ साल बैशाख ६ गते ठेकेदार कम्पनि आषिश मिलियन भिमज्योति जयबाबा नयाँबाटो जेबी संग संझौता भएको जानकारी दिए । डिभिजन प्रमुख अर्यालले ठेकेदारले संझौता अनुसार भवन निर्माण सम्पन्न नगरेकोले गत २०७४ साल साउन ३० गते पुन म्याद थप गरेर निर्माण गर्न लगाईएको बताए । उनले अहिले सम्म ६ करोड ४४ लाख खर्च भैसकेको जानकारी दिए । आजको १५ दिन भित्र सो भवन निर्माण कार्य सुरु नगरे ठेकेदार कम्पनिहरुलाई कालोसूचीमा राख्ने पनि अर्यालले बताए ।

यसैगरी अस्पतालको सी ब्लकको आषिश मिलिएन र भिमज्योति निर्माण कम्पनि ंसंग २०७० साल असार ५ गते रु १० करोड ६ लाखमा ठेक्का सम्झौता भएको र २०७३ असार १० गते सम्पन्न गर्नुपर्ने बताउदै प्रमुख अर्यालले हाल सम्म आरसीसीको काम सम्पन्न भएको जानकारी दिए ।
उनले निर्माण कम्पनिलाई २०७४ पुस ३ गते पुन म्याद थप गरिएपनि निर्माण कार्यले निरन्तरता पाउन नसकेको बताए ।
तर अस्पतालका भवनहरुको निर्माण गतिलाई हेर्दा थपिएको म्याद भित्रै निर्माण सम्पन्न हुन्छ भने कुनै ग्यारेण्टी देखिदैन । निर्माणमा देखिएको ढिलाई प्रति सरोकारवाला निकायको अबिलम्ब ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ ।

तस्वीर- कुसुम थिङ, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply