Sorry, that menu does not exist.
 

मुर्ख दिवस वा स्वभाव दिवस

— राम सुवेदी

मध्यकालीन समयको सन १८५२ तिरको समयमा युरोपियन मुलुकमा अप्रिल फस्ट नववर्षको पूर्व सन्ध्यासँगै मजाकपूर्ण कार्यक्रमलाई जोडेर गरिएको कार्यक्रम निरन्तरताले आज दिवसको स्वरुप लिएको छ । यो स्वरुपलाई हासी ठट्टाका रुपमा देश विदेशका मान्छेह्ररुले अनुसरण गर्न थाले । त्यसको अवसर भनौं विश्वभर फैलिएपछि आजको दिनलाई विश्व मुर्ख दिवस भनेर मनाउने प्रचलन आयो । यसको इतिहास थाहा पाएका नपाएका सबैले अप्रिल फस्ट संझन्छन् । त्यससँगै यस दिनमा ढाँटेर अरुलाई मुर्ख बनाउन पाईन्छ र मलाई कानुनी छुट समेत छ भन्ने सोंच आज आम मानिसमा भ्रमको रुपमा छ ।

राज्यले कुनैपनि अवस्थामा दिवसका सन्दर्भमा ढाट छल गर्न, दुख दिन, कसैको जीवनमाथि हासी मजाक गर्न र त्यसबाट पर्ने असरप्रति कसैलाई छुट देला भन्नेमा हुनुहुन्छ भने अवश्य भ्रमकै सोंचका हामी रहेको पाउने छौं । आजको मुर्ख दिवसले हाँस्न नजानेका नेपालीहरुलाई हसाउन सक्छ यसलाई मात्र सकरात्मक मान्नु पर्छ । यता ढाँटने प्रवृत्तिसँग जोडिएको जो प्रसंग छ त्यसँग त हामी यो दिवस भन्दा कैयौं गुना अघि छौं । कारण हामीसँग मिल्ने स्वभाव भएकाले यो दिनलाई हामी अलि बढी बैधानिक मानेका होंला र त्यसैमा रमाएका हुन सक्छौं ।

फ्रान्सेली पात्रोमा छापिएको मुर्ख दिवसले नेपाली पात्रोसम्म पहुँच राख्न नसकेपनि दिवसको सन्दर्भ र प्रचलनले भने एकाविहानैबाट नेपाली पर्व भन्दा कम महत्वमा छैन । पछिल्लो समय जनवरी महिनालाई नववर्ष मानिने युरोपियन मुलुकमा अप्रिललाई नयाँ वर्ष भन्दा जति अपत्यारिलो हुन्छ, कतिपय युरोपियन मुलुकहरुमा आजको दिनलाई लनै नयाँ वर्षका रुपमा मनाइरहेका पनि छन् । यो प्रसंगसँग आजको दिनलाई बैधानिक ढाँटने दिन हो भनेर नेपालीहरुले मनाउँदै गर्दा प्रसंग उस्ता उस्तै हुने छ । यसलाई अरु मुलुकहरुले मुर्ख दिवस मनाउने प्रचलनमा उनीहरुको इतिहाससँग जोडने छन हामी भने आफ्नो उस्ता उस्तै स्वभावको रुपमा महत्व दिने छौं ।

आजको दिन यस्तो दिन हो धेरैको मृत्यू हुन्छ, विवाह पूर्व बच्चा जन्मिन्छ, छोरा छोरीले बाबा आमाको विहेमा जन्ति जान्छन आफ्नो पन् िविहे उतै हुन्छ, देख्न र पुग्न नसकिएको उतै युरोपतिरको भिजा पनि लाग्छ, घरजम हुन्छ । यतिसम्म कि आफ्नो समवेदना र श्रद्धाञ्जली समेत आजका दिनमा आदान प्रदान हुन्छन् । मुख्र्याईमा चलाख भनिएका हामीमा दिवसले त्यस्तो नवनाओस् जस्ले सत्य परिणम भेट्यायोस ! अलविदा मुर्ख दिवस ! यससँग जोडिएको ढाँट्ने प्रशंग र हाम्रो स्वभाव प्रति सम्मानजनक शुभकामना !
लेखक, ईबागलुङका सम्पादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply