Sorry, that menu does not exist.
 

आज बलेवाबाट काठमाडौँ उडान भर्ने यात्रुको संख्या अहिले सम्मकै उच्च !

बागलुङ २०७४ चैत १८ । बलेवा बिमानस्थलमा तारा एयरको बिमानले आज दोश्रो नियमित उडान भरेको छ । नेपाल एयरलाईन्सको बिहीबारको उडान सहित यो बलेवा बिमान स्थलमा तेश्रो नियमित उडान हो ।

तारा एयरले आजको उडानमा काठमाडौ देखी जम्मा ८ जना यात्रुहरु बलेवा बिमानस्थलमा ओर्लिएको प्रत्यक्षदर्शीले बताए । तर बलेवाबाट काठमाडौ उडान भर्ने यात्रुहरु भने अहिले सम्मकै बढी १६ जना पुगेको बताईएको छ ।

आजको तारा एयरको उडानमा काठमाडौँबाट आउने यात्रु ४ जना नपुग भएको रकम रु २६ हजार बागलुङ नगरपालिकाले बिमान कम्पनिलाई सोधभर्ना गर्नुपर्ने हुन्छ ।

स्मरणीयछ, आउने जाने दुबै उडानहरुमा १२ जना भन्दा जति संख्यामा यात्रु घटी हुन्छन त्यस्को क्षतिपुर्ति नगरपालिकाले बिमान कम्पनिलाई दिनु पर्ने नगरपालिका र बिमान कम्पनिबीच लिखित सम्झौता छ । नगरपालिकाले सम्झौता गर्दा कै बखत दुबै बिमान कम्पनिलाई रु १०/१० लाख रुपयाँ डिपोजिट राखेको छ ।

सम्झौता गर्दा अप एण्ड डाउन २४ जना भन्दा कम यात्रु भएमा त्यस्को रकम नगरपालिकाले व्यहोर्ने उल्लेख गरेको भए नगरपालिलाई तीन उडानमा रु ९० लाख क्षति व्यहोर्नु नपर्ने थिएन ।

यस्तो छ, सम्झौताको केहि अंश !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply