सचिन्द्र श्रेष्ठ, युएई २०७४ चैत १८ । युएईवासी नेपालीहरुले नेवा: दिवस भब्यताका साथ मनाएका छन् । गत शुक्रवार नेवा : पुच : युएईको आयोजनामा युएइको अजमानमा एक कार्यक्रम गरी भब्य तरीकाले मनाएको हो ।
नेवास् पुचस्का अध्यक्ष लक्ष्मण श्रेष्ठको सभापतित्वमा सम्पन्न्न कार्यक्रममा केन्द्रिय पदाधिकारी, क्षेत्रीय पदाधिकारी,तथा मिसास् पुचस्का पदाधिकारी र नेफिन युएई अन्तर्गत तमु समाजका अध्यक्ष उषा तमु ,तामाङ्ग समाजका अध्यक्ष महेश मोक्तान,एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ,तथा एनआरएनए एनसिसिका मनोज गोर्खाली लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका सभापती र अतिथिहरुको सामुहिक रुपमा नेवारी चलन अनुसार सुकुन्दामा दीप प्रज्वलन गरी बिधिवत रुपमा कार्यक्रम शुभारम्भ गरिएको थियो। नेपालको राष्ट्रिय गानबाट शुरूवात गरिएको उक्त कार्यक्रममा गत मार्च १२ तारिखमा दुर्घटना भएको युएस(बांग्ला एयरलाइन्समा दिवंगत भएका सम्पुर्ण यात्रुहरुको आत्माको चीर शान्तिको लागि एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
नेवा: पुच: युएईका महासचिव श्कुमार बलामी र तथा केन्द्रिय महिला प्रमुख कामना श्रेष्ठले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए भने केन्द्रिय सदस्य हिरालाल श्रेष्ठले उपस्थित अतिथि हरुलाई मन्तब्य बाट स्वागत गरेका थिए ।
मन्तब्यको क्रममा श्रेष्ठले युएईमा रहेका नेवार समुदायलाई एकजुट हुन आव्हान गरेका थिए । स्वागत मन्तव्य पश्चात उपस्थित सम्पुर्णलाई मिसास् पुचस् अबुधाबीका उपाध्यक्ष मीना श्रेष्ठ, सचिब अन्जना कर्माचार्य नकर्मी, कोषाध्यक्ष रजिना जोशी श्रेष्ठ, सदस्य अर्चना शिख्राकार, अजमानका पद्मा श्रेष्ठ र निरु श्रेष्ठ तथा शारजाहका कल्पना श्रेष्ठ लगायतले तयार पारेको वह:, न्या, खें, छोएला, अचार सहितको समयबजी दिइएको थियो।
कार्यक्रममा धिमे बाजा र भुस्याको तालमा केन्द्रिय सदस्य हिरा लाल श्रेष्ठले लाखे नाँच प्रस्तुत गरेका थिए भने कामना श्रेष्ठ, अवनी श्रेष्ठ, बबिता श्रेष्ठ, शिव कुमार श्रेष्ठ र कुमार बलामी लगायतले नेवारी नृत्यहरु प्रस्तुत गरेका थिए ।
मन्तव्यका क्रममा पुचस् उपाध्यक्ष राजेश प्रधानले पुचस्का विगत देखि हालसम्म भएका कार्यक्रममा प्रकाश पारेका थिए भने पुचस्का भुपु अध्यक्ष, संरक्षक तथा विशेष सल्लाहकार प्रमोद श्रेष्ठले व्यक्तिगत पहलले मात्रै नभएर राज्यसंग पहिचान, भाषा र संस्कृति उत्थान र स्थापित गर्ने अधिकार प्राप्त गर्नुपर्ने भएकोले राजनैतिक रुपमा पनि जागृत हुनुपर्ने कुरामा जोड दिएका थिए ।
अबुधाबी क्षेत्रीय अध्यक्ष सुनिल मान श्रेष्ठले नेवास् दिवसलाई निरन्तरता दिँदै आफ्नो भाषा, संस्कृति तथा कलालाई जगेर्ना गर्नुपर्ने कुरामा जोड दिए । पुचस्का अध्यक्ष लक्ष्मण श्रेष्ठले अन्य सामाजिक संघ संस्थासंग पनि हातेमालो गर्दै सामाजिक कार्यमा सहकार्य गर्दै नेवास् पुचस्अगाडी बढ्ने कुरामा प्रकाश पारेका थिए ।
यस कार्यक्रमका थकाली तथा पुचस्का प्रमुख सल्लाहकार डा. सुरेन्द्र प्रसाद श्रेष्ठले युएईमा नेवार समुदायको गतिविधि र बिकास सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
धन्यवाद मन्तव्य दिने क्रममा पुचस्का महासचिव कुमार बलामीले कार्यक्रम सफल पार्न विशेष भुमिका खेल्नु हुने मानार्थ सदस्यहरु भुवन नकर्मी, भीम नारायण श्रेष्ठ, रबिन महर्जन र भुपु महासचिव सुरथ प्रधान का साथसाथै केन्द्रिय, क्षेत्रीय र मिसास् पुचस्का पदाधिकारी, उपस्थित कलाकारहरु तथा उपस्थित विभिन्न संस्थाका पदाधिकारीलाई संसारका कुनैपनी कुनामा रहेता पनी आफ्नो परिवार, संस्कृति र राष्ट्रलाई कहिल्यै नबिर्सन आग्रह गर्दै सम्पन्न भएको थियो ।