Sorry, that menu does not exist.
 

१४ बुँदे घोषणापत्र जारी गर्दै धौलागिरीस्तरीय सहकारी युवा सम्मेलन सम्पन्न !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत १९ । ४ नं प्रदेश सभा सांसद ईन्द्रलाल सापकोटाले सहकारीहरुले युवा उद्यमी, कृषि, पशुपालन लगाएत व्यवसायिक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

जिल्ला सहकारी संघ र बहुउद्देश्यीय सहकारी संघले ६१ औ सहकारी दिवसको अवसरमा सोमबार बागलुङमा आयोजना गरेको धौलागिरीस्तरीय सहकारी युवा सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी प्रदेश सांसद सापकोटाले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले जीवनस्तरमा सुधार ल्याउन सहकारीले सहयोग गर्ने बताउँदै व्यवसायिक क्षेत्रमा लगानी गर्दा धेरै युवाहरुले रोजगार पाउने र सहकारीले पनि त्यसबाट राम्रो अय गर्न सक्ने बताए ।

कार्यक्रममा सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन ढकाल, डिभिजन सहकारी कार्यालय प्रमुख विष्णुप्रसाद शर्मा, सिवाईसीका अध्यक्ष चण्डीप्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंकका संचालक राम बहादुर जिसी, दुग्ध उत्पादन सहकारीका युक्त कँडेल, तरकारी तथा फलफुल उत्पादन सहकारीकी पार्वती आचार्य, बागलुङ नगर सहकारी विभाग प्रमुख जीवन आचार्य, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष लगाएतले मन्तव्य राखेका थिए ।

त्यस्तै सो अवसर मै पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि संघले शाखाका अध्यक्ष दिल शिरिषलाई नगर रु ५ हजार हस्तान्तरण गरेको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, बहुउद्देश्य सहकारी संघका दुर्गा कँुवरको स्वागत र रुद्रा केसीको संचालनमा समापन भएको थियो ।

होटेल पिसप्यालेसमा आयोजित सो अन्तरक्रिया कार्यक्रम १४ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको बागलुङ बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष अशोक राजभण्डारीले बताए ।्

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply