Sorry, that menu does not exist.
 

उत्तरगंगा माविका अपांगता भएका बालबालिकालाई उबासंघ बुर्तिवाङबाट खाद्यन्न हस्तान्तरण

सुमन सुनार, बुर्तिवाङ २०७४ चैत २१ । ढोरपाटन महोत्सब–२०७५ को पुर्वसन्ध्यामा उद्योग बाणिज्य संघ ईकाई समिति बुर्तिबाङले उत्तरगंगा माध्यमिक विद्यालयमा सञ्चालित आपाङ्गता विशेष कक्षाका बालबालिकाका लागी खाद्यन्न वितरण गरेको छ ।

विद्यालयमा आज विहान एक कार्यक्रमको आयोजना गरि समितिले १० बोरा जिरा मसिनो चामल र १० केजी आयोडिन नुन सहयोग गरेको हो । प्रति बोरा १० केजी तौल भएको चामल र नुन गरि करिव १७ हजार मुल्य बराबरको खाद्यन्न सामाग्री सहयोग गरिएको छ । खाद्यन्न सामाग्री उद्योग बाणिज्य संघ ईकाई समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्माले अपाङ्गता विशेष कक्षाकी शिक्षिका कल्पना भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

खाद्यन्न वितरण कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले पश्चिम बागलुङको बुर्तिबाङमा सञ्चालित एक मात्र आपाङ्गता विशेष कक्षाको समस्या र अभावलाई मध्यनजर गर्दै समितिले खाद्यन्न सामाग्री सहयोग गरेको बताए । अध्यक्ष शर्माले बुर्तिबाङमा आयोजित ढोरपाटन महोत्सवबाट भएको आम्दानीबाट पनि केहि अंश छट्याएर अपाङ्गता विशेष कक्षाका लागी सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

यस्तै कार्यक्रममा समितिका सल्लाहकार ढालेन्द्र छन्त्याल र नेकपा माओबादी केन्द्र ढोरपाटन नगरपालिका ईन्चार्ज चन्द्र अर्याल बोल्दै शारीरिक रुपमा अपाङगता भएपनि फरक क्षमता राख्ने बालबालिकाहरुको सहयोगमा राज्य तहबाटै विशेष ध्यान पुग्न आवश्यक रहेको बताएका एि । साथै अपाङ्गता भएका बालबालिकाले केही गर्न सक्दैनन् भन्ने बिषयमा भन्दा पनि के गर्न सक्छन् भन्ने बिषयमा केन्द्रित हुदै अपाङ्गता भएका बालबालिकाको क्षमता र बिकासका सम्भावनाहरुमा सबैले ध्यान दिन आवश्यक रहेको उनिहरुको भनाई थियो ।

अपाङ्गता विशेष कक्षाकी शिक्षिका कल्पना भट्टराईको अध्यक्षता रहेको खाद्यन्न वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाका सदस्य तथा सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार लगायत विद्यालयका शिक्षक, विद्यार्थी, पत्रकारको विशेष उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन उत्तरगंगा माध्यमिक विद्यालयका शिक्षक उत्तम बहादुर महतले गरेका थिए ।

प्लान ईन्टरनेशनल नेपालको सहयोगमा २०७१ सालमा उत्तरगंगा माविमा स्थापना भएको उक्त अपाङ्गता विशेष कक्षामा २१ जना बालबालिकाहरु रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply