कोपिला कंडेल, बागलुङ, २०७४ चैत २२ । पतञ्जली योग समिति बागलुङको आयोजनामा बागलुङ बजारमा बृहत योग शिविर संचालन हुने भएको छ ।
पतञ्जली योग समिति बागलुङले आज पत्रकार भेटघाटको आयोजना गरी यहि चैत २३ गते शुक्रबार देखी २९ गते सम्म आरोग्य जीवनका लागि योग भन्ने नाराका साथ बृहत योग शिविर संचालन गर्ने जानकारी गराईएको हो ।
शिविरमा पतञ्जली योग समितिका केन्द्रिय महिला प्रभारी अर्चना घिमिरे, समितिका केन्द्रिय सदस्य एबं धौलागिरी ईन्चार्ज नरेन्द्रमान लालचन लगायतले सहजिकरण गर्ने बताईएको छ । शिविर भोलि बिहान पाच बजे देखी बागलुङ बजार स्थित ब्राउन आईज होटलमा संचालन हुने बताईएको छ ।
सो अवसरमा बोल्दै पतंञ्जली योग बिकास समितिका केन्द्रिय सहअध्यक्ष एबं महिला प्रभारी अर्चना घिमिरेले शरीर आत्मा र परमात्मालाई एकै ठाउमा जोड्नका लागि योगको भुमिका महत्वपुर्ण हुने बताईन् । हर प्रकारका समस्या संग जुध्नका लागि मानव जीवनमा योगको भुमिका महत्वपुर्ण हुने भन्दै उनंले योगले सम बिकासको भावना समेत जागृत गराउनेमा जोड दिईन् ।
त्यसैगरी समितिका धौलागिरी ईन्चार्ज नरेन्द्रमान लालचनले शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहनका लागि योगलाई सबैले अपनाउनुपर्ने बताए । त्यसैगरी धौलागिरी अञ्चल आर्युबेद औषधालयका प्रमुख हरि पौडेलले पछिल्लो समयमा मुटु किड्नी ब्लड प्रेसर लगायतका नसर्ने रोगका कारण कैयौको ज्यान जाने गरेको भन्दै नसर्ने रोगको निवारणका लागि योग अनिबार्य रहेको बताए ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका हेल्थ असिष्टेन चुडामणी कंडेलले योग बिना एलोपेथिक उपचार समेत अपुर्ण रहने हुदा योग पद्धतीलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम पतञ्जली योग बिकास समिति बागलुङका उपाध्यक्ष हरी प्रसाद पौडेलको अध्यक्षता र सचिज हिरा केसीको संचालनमा सम्पन्न भएको थियो ।