झरना कँडेल बुर्तिवाङ २०७४ चैत २३ । ढोरपाटन नगरपालिकामा एकीकृत जग्गा एकीकरण आयोजना ल्याण्ड पुलिङको बैठक सम्पन्न भएको छ ।
अब्यबस्थीत शहरलाई ब्यबस्थित बनाउने, टुक्राईएका जग्गालाई एकीकरण गर्ने, बिद्यालय स्वास्थ्य चौकी तथा भौतिक पुर्वाधारलाई ब्यबस्थित गरी नयाँ शहरको अबधारणा ल्याउने उद्देश्यका साथ सञ्चालित आयोजना अन्र्तगत ढोरपाटन नगरपालीका वडा नं १,२,४,६,८ र ९ मा बिज्ञ प्राबिधिकहरुद्धारा सर्बेक्षण गरिएको ग्रुप अफ ईन्जिनियरीङ एण्ड कन्सल्टेन्ट काठमाण्डौका सामाजिक बिज्ञ देबीलाल पाण्डेले बताए ।
ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीको अध्यक्षता, उपप्रमुख करमती पुनमग, प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापा, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना , ढोरपाटन नगरपालिकाका वडाध्यक्षहरु वडाबासी, बुर्तिबाङ नयाँ शहर आयोजनाका प्रमुख प्रबिण अधिकारी, नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका शशी कुमार यादव, सरीता श्रेष्ठ, ग्रुप अफ ईन्जीनीयरीङ एण्ड कन्सल्टेन्टका ईन्जिनियर ईन्द्र खतिवडा, बुर्तिबाङ नयाँ शहर आयोजनाका नेत्रलाल उपाध्याय , स्थानीय समाजसेबी तथा पत्रकार लगायगको उपस्थिती रहेको बैठकले, वडा नं २ मा रहेको टारीखेतमा रहेको बिवादित जग्गामा बिभिन्न मुद्दा मामिला तथा काम गर्दा असहयोगको वातावरण सिर्जना भएकाले अहिले सो जग्गालाई जग्गा एकीकरणमा समाबेश नगरी स्थगित गरी सर्बेक्षण गरिएका वडामध्ये वडा नं २ मा रहेको सिमलचौर र सेरालाई सोही सम्झौता अनुसार सुरुदेखीनै कार्य सुरु गर्ने , साथै सो ठाउलाई बिगतका जस्तै आलटाल नगरी अबिलम्ब कार्य सञ्चालन गर्ने तथा ढोरपाटन नगरपालिका २ कुत्थाप्लामा पनि अबिलम्ब कार्य सञ्चालन गर्ने निर्णय गरिएको छ ।
सो अबसरमा बोल्दै नगरप्रमुख देबकुमार नेपालीले एकीकृत जग्गा एकीकरण आयोजना ल्याण्ड पुलिङ कार्य स्वागत योग्य काम भएको बताउदै, सो आयोजनालाई पूर्ण सर्मथन तथा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उहाँले वडा नं २ मा हुर्ने कार्य सुरुवाती चरण बनाई सीिगो नगरपालिकामा यो आयोजना लागु गरी ,ढोरपाटनको हरेक स्थानमा पुगी सर्बेक्षण गरी जग्गा एकीकरण ल्याण्ड पुलिङ गर्न नयाँ शहर आयोजना समन्वय कार्यालयका प्रतिनीधी समक्ष प्रस्ताव गरेका थिए ।
बैठकमा जग्गा एकीरण तथा ब्यबस्थापन बारे ग्रुप अफ ईन्जीनीयरीङ एण्ड कन्सल्टेन्टका ईन्जिनियर ईन्द्र खतिवडाले प्रकाश पारेका थिए भने सामाजिक बिज्ञ देबीलाल पाण्डेले सञ्चालन गरेका थिए ।