सोनी भण्डारी,
सबैजना मेरो मित्र मात्र होइन मेरो धडकन पनि हो । त्यसैले त मित्र बिनाको जीवन शुन्य र अध्याँरो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन‘मेरी प्रीय नै हो । तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकार नै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अव तिमी नै भन प्रिया अव म के गरौ रु जे होस तिमीलाई आफ्नो सम्पूर्ण सम्झेको छु । तिमीले यसलाई घृणा सम्झियौ भने पनि म त्यसलाई तिम्रो चोखो प्रेम र मायाको प्रसादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछ की तिमी त्यती निष्ठुरी बन्ने छैनौं । तिमीले मेरो निश्चल र पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् ।
प्रिय तिम्रो दिलमा मैले तम्वसुक लेखिदिइसकेको छु । साथै तिम्रो मुटुमा मैले सहिछाप लगाइदिई छु । प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ ।काल्पनीक प्रेमको कुनै जग हुदैन । र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिमदेखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी जिन्दगी संघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघंष लुकेको हुन्छ । आज धन सम्पत्ति ऐश्वर्यको ऐश्वास मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि सर्वहारा बन्न पनि सक्छ । तर प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ । यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् । तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु ।
वास्तविकतामा प्रेम मीठो अनुभुति हो । उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि थाहै नपाइ प्रेम वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ । साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो त्यही मिलनबाट नै प्रेमको विजारुपण भइ मायाको टुसा पलाँउछ ।
कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो ।
मेरो मान्यता छ, मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस हुनेछ ।’ प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा वयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ ।
सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु । मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र रु त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ । यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ । यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म मा सहने क्षमता त छैन तर पनि “तिमी मलाई मन पराउनै पर्छ ” भनेर जर्वजस्ती गर्ने म मा सामर्थ्य छैन र सो कार्य गर्न नैतिकताले पनि दिदैन । ‘तिमी मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर पनि कृपया मलाई घृणा पनि नगर ल ।’ हुन त तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ ।
हाल, युएई।
२०७४ च्रत २३ ।