Sorry, that menu does not exist.
 

ताराखेलको आयोजनाबाट बुर्तिवाङ क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने सांसद तुलाचनको स्पष्टोक्ति !

सुमन सुनार, बुर्तिवाङ २०७४ चैत २३ । ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा आजदेखि १०औँ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (त्हस) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपाल (केन्द्र) काठमाण्डौको आयोजना तथा थकाली सेवा समिति बुर्तिबाङको सहजीकरणमा आयोजित उक्त प्रतियोगिताको आज प्रतिनिधि सभा सदस्य प्रेम प्रसाद तुलाचन (मुस्ताङ)ले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै तुलाचनले पश्चिम बागलुङको बुर्तिबाङ जस्तो स्थानमा आयोजना गरिएको ताराखेल प्रतियोगिताले यसको विकासमा मात्र नभएर ढोरपाटन क्षेत्रको पर्यटन विकासमा समेत महत्वपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुलाचनले थकाली समुदायको पौराणिक तारा हान्ने खेललाई संरक्षणका लागी यसखालको कार्यक्रमलाई आगामी दिनमा पनि निस्तरता दिन आवश्यक रहेको बताए ।

फरक प्रसंगमा बोल्दै उनले ढोरपाटन नगरपालिका धैरै सम्भावना बोकेको ठाँउ भएकाले जनप्रतिनिधिले विगतका तिक्तता तथा पार्टीगत कुरालाई बिर्सेर यहाँको पर्यटन विकास र नगरको समृद्धिका लागी लाग्न आग्रह गरेका थिए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले थकाली समाजले केन्द्रियस्तरको प्रतियोगिता बुर्तिबाङमा आयोजना गरि बुर्तिबाङलाई चिनाउने काम गरेको भन्दै खुशी ब्यक्त गरे ।

सो अवसरमा नगर प्रमुख नेपालीले प्रतियोगिताका लागी रु २ लाख सहयोग गर्ने घोषणा गर्दै बुर्तिबाङ बजारको चुरेलाबासमा निर्मित थकाली समाज घर बाढीको उच्च जोखिममा रहेको बताउँदै त्यसको संरक्षणका लागी आगामी बर्ष नगरपालिकाबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

त्यस्तै कार्यक्रममा थकाली सेवा समिति नेपाल (केन्द्र) का निवर्तमान अध्यक्ष खगेन्द्र भट्टचन, समितिका केन्द्रिय सल्लाहकार डाक्टर सोमत सिंह तुलाचन, थकाली सस्कृतिका ट्होम (झाक्री) नविन सेरचन, कार्यबाहक मिर मुखिया भिम गौचन, क्षेत्रिय समिति बुर्तिबाङका अध्यक्ष ईन्द्रमान सेरचन, क्षेत्रिय समिति बुटवलका अध्यक्ष शिव प्रसाद शेरचन, क्षेत्रिय समिति कुस्माका अध्यक्ष महेन्द्र शेरचन, क्रसर ब्यवसायी महासंघका अध्यक्ष उमेश शेरचन, ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण राना, लगायतको आतिथ्यता रहेको थियो ।

थकाली सेवा समिति नेपाल (केन्द्र) की अध्यक्ष कृष्ण कुमारी शेरचनको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद शेरचनको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन समितिका महासचिव नरेशकुमार शेरचनले गरेका थिए ।

तारा खेलको संरक्षण तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा, बागलुङ सहित पोखरा, कुस्मा, म्याग्दीको बेनी, दाना तातोपानी, बुटवल, थासाङ, भरतपुर, सेउलीबाङ, काठमाण्डौ क्षेत्रका १७ समूहका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागीता रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद रु ५० हजार सहित गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले नगद रु ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तृतियलाई नगद रु २० हजार सहित मेडल र प्रमाणपत्र तथा चौथा र पाँचौ हुने समूहलाई नगद रु ६ हजार र ४ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक कृष्ण शेरचनले बताए ।

सर्वोत्कृष्ट धनुषकार, बिशिष्ट धनुषधर, अनुशासित टिम, जेष्ठ र कम उमेरका खेलाडीलाई पनी नगद तथा प्रमाणपत्र प्रदान गरिने संयोजक शेरचनको भनाई छ । समितिले प्रत्येक दुई–दुई वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply