Sorry, that menu does not exist.
 

बुर्तिवाङमा जारी छैठौ राष्ट्रपती रनिङ शिल्ड छनोट प्रतियोगिताको आज समापन !

डम्मर बुढामगर, बुर्तिवाङ २०७३ फगुन ४ । गत फागुन १ गतेबाट सुरु भएको छैठौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता बागलुङ क्षेत्र नँ ३ को बुर्तिबाङमा जारी रहेको छ । मंगलवार दोस्रो दिन पनि बिभिन्न प्रतियोगिता भएका छन् ।

हिँजो भएको कार्यक्रममा ३ हजार मिटरको छात्र तर्फको डौडमा न्यून मोर्डन एकेडेमीका बिराट कुमाल प्रथम जन माबि झिम्पाका दुर्गा सापकोटा व्दितीय र रत्न राज्यलक्ष्मी माबिका चिना घर्ती तेस्रो भएकी छन् ।

त्यस्तैछात्रा तर्फ जन माबि झिम्पाका निरु घर्ती मगर प्रथम, उत्तर गंगा माबिकी तिलकुमारी कुमाल व्दिर्तिय र प्रभा माबिकी धनिकला रेग्मी तेस्रो भएकी छन् ।

त्यस्तै छात्र तर्फको भलिबलमा जन मा.बि झिम्पा फईनलमा प्रेवेश गरेको छ भने देबिस्थान मावि र रत्नराज्य लक्ष्मी माबिको सेमीफईनलको खेल आज हुने छ । र छत्रा तर्फ उत्तर गंगा मा।बि प्रथम, बिद्या बिकास मा।बि व्दिर्तिय र न्यूमोडन एकेडमी तेस्रो भएको छ। कार्यक्रम आज समापन हुने खेलकुद बिकास समिति का कार्यालय प्रमुख भिमसेन शाक्यले जानकारी दिए।

यसैवीच जिल्ला खेलकुद विकास समिति बागलुङद्वारा क्षेत्र नम्बर २ मा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलवार हटियामा सम्पन्न भएको छ ।
माद्यमिक बिद्यालय स्तरिय भलिबल प्रतियोगितामामा न्यु लाईफ आवसिय माद्यामिक बिद्यालय हरिचौर प्रथम, दुदिलाभाटी ईङलिस बोडिङ स्कुल द्धितिय र चौराह माद्यामिक बिद्यालय दुदिलाभाटी तृतिय भएका छन ।
भलिबलसंगै अन्य खेलकूद कार्यक्रम समेत सञ्चालन गरिएको छ । जसअन्गर्त आज १ सय मिटर रिले, ४ ईन्टु ४ सय मिटर रिले, ८ सय मिटर छात्र छात्रा डौद सम्पन्न भएको छ । ३ हजार मिटर छात्र दौड प्रतियोगितामा सारदा माबि बाटकाचौरका प्रवेश चुदारा प्रथम, चौराह माबिका मिलन श्रीस द्धितिय र गलकोट मोडनाईज्ड एकेडेमी हरिचौरका तुफान सापकोटा तृतिय भएका छन् ।
यस्तै ३ सय मिटर छात्रा दौडमा पृथ्बी माबि हरिचौरकी लक्ष्मी कार्की प्रथम, न्युलाईफ आवसिय माबि हरिचौरकी सपना खत्री द्धितिय र र शिब मावि काँडेबासकी सरिता सुनार तृतिय भएका छन् ।
त्यसै गरि छात्र सटपुट प्रतियोगीतमा गलकोट माबिका अनील गन्र्धब प्रथम, नेपाल माबि ताराका अर्जुन बिक द्धितिय र पृथ्बी माबि हरिचौरका राजन श्रीपाली तृतिय भएका छन् । छात्रा सटपुट प्रतियोगितामा नवप्रभात स्कुल हटियाकी बिपना प्रथम, सरस्बती माबिका आशा नेपाली द्धितिय र न्युलाईफ आवसिय माबि हरिचौरकी सुक्ष्मा खत्री तृतिय भएकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply