Sorry, that menu does not exist.
 

मंगोलहरु आदिबासी जनजाती नभै मुलबासी भएको दाबी !

डम्मर बुढा मगर, बागलुङ २०७४ चैत २४ । मंगोल नेशनल अर्गनाईजेशन बागलुङको आयोजनामा परिचयात्मक तथा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मंगोल नेशनल अर्गनाईजेशन ४ नम्बर प्रदेशका संयोजक प्रेम छिरी शेर्पा दिक्पालले मंगोल नेशनल अर्गनाईजेशनको बारेमा जानकारी गराउँदै मंगोलहरुको हक हितको लागि अब मंगोलहरु एक हुनु पर्नेमा जोड दिए ।

उनले यो २१ औँ शताब्दीमा पनि मंगोलहरु चुप लागेर बस्ने हो भने आफ्नो अस्तित्व गुमाउनु पर्ने बताए ।

कार्यक्रममा ४ नम्बर प्रदेशका पूर्व सदस्य नबिन गुरुङ, पोखरा लेखनाथ महानगरपालिका सभाका अध्यक्ष ज्ञानराज गुरुङले मंगोलहरुको हक अधिकार र अस्तित्वका लागि राष्ट्रिय अभियानमा लाग्नु पर्ने बताए ।

अहिलेसम्म सरकारले मंगोलहरुलाई आदिबासी जनजातीको नाम दिए पनि मंगोलहरु आदिबासी जनजाती नभएर मुलबासी भएको बताए ।

कार्यक्रम मंगोल नेशनल अर्गनाईजेशन बागलुङका संयोजक अनुप बुढा मगरको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सभा बागलुकी सदस्य रितु बुढा मगरले दिएकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply