सुमन जि.सी. बागलुङ, २०७४ चैत २४ । तित्याङ महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.बा.न.पा.–९ तित्याङको आयोजना एवम् सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङको प्राविधिक सहयोगमा शनिवार तित्याङमा सहकारी शिक्षा, महिला शशक्तिकरण र जबरजस्ती करणी सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
तित्याङ महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतीथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले ग्रामिण क्षेत्रका जनताहरुको आर्थिक समृद्धिका लागि सहकारीनै उचित माध्यम भएको बताएका थिए । पौडेलले नेपालीहरु धनी हुन नसकेको कारण नेपालीहरुमा बचत गर्ने बानीको विकास नभएको बताउदै धनी हुने हो भने खर्चको योजना र बचत गर्ने वानीको विकास वाहेक विकल्प नरहेको उनले बताए ।
कार्यक्रममा समाजसेवी अविरवहादुर थापा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक धर्मवहादुर अधिकारी, महिला प्रहरी सेलका प्रमुख अनु राई लगाएतको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता तथा सहकारी सम्वन्धमा प्रमुख अतीथी पौडेलले र जबरजस्ती करणी सम्वन्धमा प्रहरी निरीक्षक अधिकारीले सहजिरण गरेका थिए । कार्यक्रममा संस्थाको बारेमा जानकारी प्रवन्धक डिला थापाले गराएकी थिईन ।
कार्यक्रम पश्चात बा.न.पा.–९ तियाङमा जुवा, ताँस तथा जाँड रक्सी निइन्त्रणका लागि १५ सदस्यीय समिति गठन गरिएको छ । सतितिको संयोजकमा तित्याङ महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष किरण थापा रहेकी छन् । कार्यक्रमम पश्चात संस्थामा १५ जना शेयर सदस्य समेत थप भएको अध्यक्ष थापाले जानकारी दिईन ।
संस्थाका अध्यक्ष थापाको अध्यक्षता कोषाध्यक्ष प्रमिला वि.क.को स्वागत र सचिव विष्णु शर्माको सत्तचालनमा सम्पन्न कार्यक्रममा १५० जनाको उपस्थिती रहेको थियो ।
यसैवीच माहुली सामुदायिक विकास संस्था र माहुली लघुवित्त वित्तीय संस्था सप्तरीको टोलीद्धारा बागलुङ बजारमा रहेको चारतारे युवा क्लव सिवाईसी नेपालको स्थलगत अवलोकन गरी संस्थाहरु विच एक आपासमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा संस्थाले सञ्चालन गरिरहेको लघुवित्त कार्यक्रम सञ्चालन प्रकृया, लघुवित्त कार्यक्रममा देखिएका समस्या, चुनौती र अवसरहरु, संस्थाको नीतिगत संरचना, कार्यालय व्यवस्थापन, मानव शंसाधन व्यवस्थापन लगाएतका विषयमा छलफल भएको थियो ।
अन्तरकृयाका क्रममा सिवाईसीले सञ्चालन गरेका गतिविधिहरुको बारेमा जानकारी गराउँदै सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कार्यक्रमले ग्रामीण क्षेत्रमा रहेका केही गर्छु भन्ने आँट भएका तर पुँजीको अभाव भएका महिला दीदीवहिनी तथा दाजुभाईहरुलाई आयआर्जन र उद्यमहरुमा संलग्न गराई आत्मनिर्भरताको बाटोतर्फ अग्रसर गराईरहेको बताए ।
पौडेलले लघुवित्त सञ्चालन गर्नै संस्थाहरु धैरै भएकाले सदस्यहरुको दोहोरोपनाले गर्दा लघुवित्तमा हाल समस्या सिर्जना भईराखेकाले यसलाई समाधानका लागि एकीकरणमा जानुपर्ने आवश्यकता रहेको बताए । अन्तरकृया कार्यक्रममा सिवाईसी नेपालका संरक्षक पद्मनाथ शर्मा पौडेल, माहुली सामुदायीक विकास संस्थाका अध्यक्ष प्रभु नारायण शाहा लगाएतले बोल्नु भएको थियो ।
माहुली सामुदायीक विकास संस्था र माहुली लघुवित्त वित्तीय संस्थाको बारेमा जानकारी वित्तीय स.स्थका कम्पनी सचिवले जानकारी गराएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, संरक्षक पौडेलको प्रमुख आतिथ्यता, सचिव विरवहादुर किसानको स्वागत र प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।