प्रेम सुनार, गुल्मी २०७४ चैत २४ । हिजो राजधानीबाट गुल्मी आउने क्रममा विपरीत दिशाबाट तिव्रगतिमा आउँदै गरेको ट्याक्सी संग राजेश पायल राईको कार ठोक्कीदा उनि वाववाल बचे पनि ट्याक्सीमा सवार ७ जना घाईते भएका थिए । ठक्करबाट सामन्य असरमा परेका गायक राईले मेरो ईस्वर र दर्शक श्रोताको मायाले बच्न सफल भएको भन्दै आज तेश्रो गुल्मी महोत्सवको नवौं दिन यस अघिको भन्दा कैयौ गुना वेजोड प्रस्तुती पस्केर हजारौं दर्शकको ध्यान आफुतिर तान्न सफल भएका छन् ।
हिजो उनि दुर्घटनामा परेका खवरले उनका फ्यानहरुमा सनसनी फैलिएको थियो । हिजो साँझ देखि अहिले दिउँसो उनि स्टेजमा नआउने बेला सम्म दर्शक उनकै चिन्ता र वेहत प्रतिक्षामा थिए । जव स्टेजमा उनलाई आमन्त्रण गरियो तव हजारौं दर्शकले राजेश …. राजेश … राजेश भन्दै एकै स्वरमा कोलाहल मच्चउँदै हुटिङ्ग गरेर उनको स्वागत गरी रहेका थिए ।
उनले निकै लामो समय दर्शकलाई दिएका थिए । हिजो कस्सै मरिएन, गाडी फुटेको छ , बाँचेको ज्यान तपाईहरुलाई भन्दै दिउँसो देखि साँझ अवरे सम्म उनले हजारौं दर्शकलाई कतै जान दिएनन् । त्यस अघि गायक राजु ढकाल , रामचन्द्र चन्द लगायतले पनि मनोरञ्जन दिएका थिए । आज सातौं दिन शनिवार परेकोले होला सदाको भन्दा दर्शकहरु दोव्वर बढि थिए । आज नवौ दिनको प्रमुख अतिथी प्रदेश ५ का सांसद कमलराज श्रेष्ठ रहेका थिए ।