Sorry, that menu does not exist.
 

संक्रमणकालीन अबस्थामा स्थानीय सरकार संचालनमा छाएका अन्योलता हटाउन तालिम मार्गदर्शक !

पूर्णभद्र निउरे, बागलुङ ताराखोला २०७४ चैत २५ । ताराखोला गाउँपालिकाको आयोजनामा स्थानीय सरकार संचालन सम्बन्धि २ दिने अभिमुखिकरण तालीम शनिवार सम्पन्न भएको छ ।

तालिम समापन समारोहमा बोल्दै प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलले संक्रमणकालीन अबस्थामा स्थानीय सरकार संचालनको क्रममा छाएका अन्योलतालाई यस्ता खालका तालिमले जनप्रतिनिधि तथा सरोकारवालाहरुलाइ मार्गदर्शन गर्ने कुरामा जोड दिदै तालिमको आयोजना गरेकोमा ताराखोला गाउँपालिका प्रती धन्यवाद ज्ञापन गरेका थिए ।

नेपालको संघीय ब्यबस्था प्रणाली अन्तरगत संघ ,प्रदेश र स्थानीय तहको ऐन कानुन र अन्तर सम्बन्ध तथा स्थानीय तहका पदाधिकारीको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरियको उक्त तालिममा ताराखोला गाउपालिकाका जनप्रतिनिधि ,कर्मचारी शिक्षक तथा सरोकारवाला गरि ८० जना सहभागी भएको आयोजकले जानकारी दिए ।

तालिमको सहजीकरण नेपाल सरकारका सेबा निबृत्त उपसचिब तथा पुर्ब स्थानीय बिकास अधिकारी पेसल कुमार पोखरेल ,संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयका शाखा अधिकृत रुद्रनाथ भुषाल र जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायधिबक्ता कृष्ण प्रसाद पन्तले गरेको ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषालले जानकारी दिए । तालिम समापनको अबसरमा प्रशिक्षक पेसल कुमार पोखरेल कृष्ण प्रसाद पन्त ,ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषाल ,जिल्ला समन्वय समितिका सदस्य फुलमाया पुन ,वडा न १ का वडा अध्यक्ष याम बहादुर श्रीस वडा न ४ र ५ का सचिब तेजराज गौतम , प्रजातन्त्र बिकास मा बि अ्मरभुमीका प्रधानाध्यापक भिम बहादुर रोका लगायतले मन्तव्य राखेका थिए ।

तालिमको समापन समारोह ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता र उपाध्यक्ष दिल कुमारी पुन रोका संचालन मा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply