Sorry, that menu does not exist.
 

मृगौला पीडित जिसीको लागि बडीगाड सेवा समाज जापानव्दारा ४ लाख बढी सहयोग

अनिश शर्मा गैरे, बागलुङ २०७४ चैत २५ । बडीगाड गाँउपालिका ५ खौलारका मृगौला पीडित तिल बहादुर जिसीलाइ प्रस्तावित बडिगाड सेवा समाज जापानले लाखौ रकम सहयोग गरेको छ ।

समाजले मृगौला पीडित तिल बहादुर जिसी बचाउ अभियान नै सञ्चालन गरी संकलन गरी ४ लाख ३६ हजार ९ सय रुपैया हस्तान्तरण गरीएको छ । हस्तान्तरण कार्यक्रममा बडिगाड गाँउपालिका ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षता तथा गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाको प्रमुख आतिथ्यता रहेको थियो ।
सो रकम जीसीको श्रीमती सञ्चितालाइ हस्तान्तरण गर्दे गाँउपालिका प्रमुख पाइजाले आफ्नो कमाइको केही अंश बचाएर यसरी रोगी दुखीहरुको घाउमा मलहम लगाउने परोपकारी काम गरेकोमा बडीगाड सेवा समाज जापानलाइ धन्यवाद दिए । साथै उनले आगामी दिनमा पनि यस्ता अभियानहरु चलाउँदै दुखी गरीबको साथमा रहन आग्रह गरे । कार्यक्रमको सञ्चालन भानु माबिका शिक्षक बिष्णु प्रसाद आचार्यले गरेका थिए ।

सो रकम संकलन गर्न जापानमा रहेका भुवन आचार्य, रामु घिमिरे, दिपक घिमिरेले बिशेष अभियान चलाएका थिए ।

आचार्यले १ लाख ५३ हजार ८ सय ७३ जापानी एन, रामु घिमिरेले १ लाख ५३ हजा। ७ सय ५५ र दिपक घिमिरेले १ लाख २५ हजार ५ सय जापानी एन सहयोग गरेका थिए ।

दुबै मृगौलाले काम गर्न छोडेका जिसीको आर्थिक अवस्था निकै नाजुक रहेको छ भने उनको उपचारको लागि यस अघि पनि लाखौ रकम संकलन भइ हस्तान्तरण भइसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply