भरत सापकोटा, बागलुङ २०७४ चैत २६ । संगम कृषि सहकारी संस्था लिमिटेड द्धारा तेस्रो बार्षिक साधारण सभा बिहुँमा सम्पन्न बागलुङ जिल्लाको काँठेखोला ५ बिहुँ रिजालचोक मा २०७० साल स्थापित यस संगम कृषि सहकारीले आफ्नो तेस्रो साधारण सभाहिजो सम्पन्न गरेको छ ।
कार्यक्रममा बार्षिक तथा आर्थिक प्रतिवेदन सहकारीका सचिव हरि काउचाले प्रस्तुत गर्दै २९जना सेयर सदस्य र ९१०००हजार सेयर पुंजी बाट सुरु गरिएको यस संस्था को सेयर पुंजि बढेर हाल १०लाख १५ पाँच सय भएको जानकारी दिदै सेयर सदस्य बृद्धि हुदै हाल १४९जना रहेको जानकारी दिए ,उनले कृषि उत्पादनलाई कसरी बृद्धि गर्ने र उत्पादित कृषि बस्तुलाई कसरी निर्यात गर्ने भन्ने सोच रहेको बताउदै अझै ब्यवस्थित ढंगले अगाडि बढाउने उद्धेश्य रहेको बताउदै हाल यस संस्था को नाफा रु २ लाख एक हजार नौ सय नौ रुपैंया रहेको जानकारी दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा नं ५वडा का वडा अध्यक्ष शिव प्रसाद कडेलले सहकारी भनेको सहकार्य गरेर अघि बढ्नुको विकल्प न भएकाले स्थानिय स्तर मा रहेका कृषि संहकारीहरु को माध्यम बाट कृषि उत्पादन लाई प्रोत्साहन गर्दै आधुनिक कृषिको माध्यमबाट यस क्षेत्र कृषकहरु लाई ब्यबसाहिक कृषि तर्फ आकर्षित गर्दै कृषि कै माध्यम बाट आयस्तर बृद्धि गर्न आफु लागि परेको समेत बताए । उनले भने राष्ट्रीय रार्ज मार्गले छोएको यस क्षेत्र अझै पनि यसै क्षेत्र लाई आवश्यक पर्ने र यस क्षेत्र मा उत्पादन हुने फलफुल तथा तरकारी खेति लाई समेत ब्यबसाहिक ढंगले उत्पादन गर्न नसक्दा यस क्षेत्र रहने आम्दानि समेत बाहिरिएको बताउदै त्यस्लाई ब्यबस्थित र ब्यबसाहिक बनाउनु आफ्नो पहिलो उदेश्य रहेको बताएका छन् ।यसै महिना आफुले विभिन्न क्षेत्र को भ्रमण गरेका र यस क्षेत्र मा हुने नगदेवाली हरु बिषय मा समेत अध्ययन भईरहेकाले यसै यो नयाँ बर्ष बाट कुन क्षेत्र कुन बालि लगाउने भन्ने पनि टुङ्गो लाग्ने बताएका थिए। सो कार्यक्रम मा कार्यपालिका सदस्य हेमलाल वि क नवजागरण कृषि सहकारी का अध्यक्ष मोक्ति प्रसाद कडेंल यसै संस्था कि सदस्य बुद्धिमाया पुन लगाएतले बोलेका थिए ।
यसै संस्था मा उत्कृष्ट बचत तथा समय मैं ऋण तिर्ने सेयर सदस्यहरुलाई सम्मान समेत गरिएको यस कार्यक्रममा उपाध्यक्ष कोपिला पुनले स्वागत मन्तव्य राखेकि थिईन । यस कृषि सहकारी का अध्यक्ष प्रेम पुन को अध्यक्षता मा सम्पन्न कार्यक्रम संचालन सेयर सदस्य सन्तोष पुनले गरेका थिए।