Sorry, that menu does not exist.
 

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण अभियान ताराखोलामा

गुमानसिँह भण्डारी, गल्कोट २०७४ चैत २६ । नेपाली काग्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर २ बागलुङले नेता तथा कार्यकर्ताका लागि प्रशिक्षण अभियान सुरु गरेको छ । क्षेत्र नम्बर २ अन्तर्गत पर्ने नगरपालिका र गाउपालिकाका नेता तथा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमको थालनी गरेको हो । अभियान अन्र्तगत आज ताराखोला गाउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउ नगर तथा क्षेत्रका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद डाक्टर डिला संग्रौला, दलित संघ पुर्व महासचिव तथा संघिय सांसद प्रकाश स्नेही, नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञावाली लगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा डाक्टर डिला ंसंग्रौलाले नेपाली काग्रेसको सम्भाबित भाबी योजना, संगठन निर्माण र सैद्धान्तिक बिषयमा प्रष्ट पारेका थिए भने प्रकाश स्नेहीले नेपाली काग्रेसले २००७ सालदेखि २०६२, ०६३ लगायत संबिधान निर्माणको सम्बन्धमा समेत खेलेको नेतृत्वदायी भुमिका तथा दलित, महिला, जनजाति, अत्पसंख्यक, मुस्लिम, पहाडी, हिमाली, तपाईबासी सबैलाई जोड्ने पार्टी काग्रेस भएको बताए ।

कार्यक्रममा नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञावालीले नेपाली काग्रेसका कार्यकर्ताले काग्रेसको संगठन निर्माण र सुधारका लागी खेल्नुपर्ने भुमिका, आचारण र सैद्धान्तिक बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नगरउपप्रमुख रेनुका काउचा मगर, नेपाल महिला संघ केन्द्रिय सदस्य तारा अधिकारी, महाधिबेसन प्रतिनिधि यम श्रीस, मञ्जु शर्मा चालिसे, जिल्ला सदस्य फम खत्री, रामप्रसाद कडेल, पुर्व क्षेत्रीय सदस्य नरहरी न्युरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

पार्टीको रणनिति , संविधानका अन्तरबस्तु तथा यहाँको विकास निमार्णको विषयमा पार्टीका नेता कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुबरले बताए ।

कार्यक्रम क्षेत्र नम्बर २ का सभापति दोर्ण कुबरको अध्यक्षता, ताराखोला गाउपालिका संयोजक कमलापति पाठकको स्वागत मन्तब्य र क्षेत्रीय सदस्य भुवानन्द गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply