कोपिला कंडेल, बागलुङ२०७४ चैत २६ । नेकपा माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन नगर समन्वय समिति बागलुङको आयोजनामा आज बागलुङ बजारमा शिक्षकका समस्या पहिचान र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्वर ४ का बरिष्ठ उपाध्यक्ष फडिन्द्र खड्काले शिक्षक र शिक्षा नितीमा भएका समस्या समाधानका लागि राज्यले छुट्टै निति निर्माण गर्नुपर्ने बताउनुभयो । समाज र राष्ट्र परिवर्तनका लागि शिक्षकले खेलेको भुमिका लाई राज्यले हल्का रुपमा लिएको भन्दै प्रदेश ४ का बरिष्ठ उपाध्यक्ष खड्काले शैक्षिक निती सुधार र शिक्षकका माग प्रति सरकार गम्भिर बन्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेकपा माओबादी केन्द्रका नगर कमिटि अध्यक्ष कुमार बिक्रम क्षेत्री, जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर थापा शिखर, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष नगेन्द्र खरेल र प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा सहभागी शिक्षकहरुले आआफ्नो कार्यस्थलमा भएका समस्या बारे धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रम एकिकृत अखिल नेपाल शिक्षक संगठन नगर समन्वय समितिका अध्यक्ष सुर्य बहादुर महतको अध्यक्षता, कोषाध्यक्ष लोकमायां केसीको स्वागत मन्तब्य र उपाध्यक्ष कमल प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।