Sorry, that menu does not exist.
 

एकै उडानमा बागलुङ नगरपालिकाले तारा एयरलाई बुझायो रु. ७१ हजार ५ सय हर्जाना !

बागलुङ २०७४ चैत २६ । प्रत्यक हप्ता आईतबार र बिहीवार दुई चोटी बलेवा बिमानस्थलमा तारा र नेपाल बायुसेवा बिमान कम्पनिका बिमानहरु सन्चालनमा रहेका छन् । उडान तालिका अनुसार हिँजो काठमाडौँबाट बलेवा उडान भरेको तारा एयरको विमानले जम्मा ३ जना यात्रु लिएर बलेवा अवतरण गरेको थियो भने यताबाट काठमाडौ फर्किदा १० जना यात्रु लिएर उडान भरेको थियो ।

नगर प्रमुख जनकराज पौडेल र बिमान कम्पनि बीच भएको लिखित सम्झौतामा उल्लेख भए अनुसार बागलुङ नगरपालिकाले हिँजोको उडानमा मात्रै नपुग ११ (एघार) जना यात्रुको प्रति यात्रु रु ६ हजार ५ सयले जम्मा रु ७१ हजार ५ सय हर्जाना बुझाएको छ । यसको लागि नगरपालिकाले दुबै बिमान कम्पनिलाई रु १०/१० लाख अग्रिम जम्मा गरिदिएको छ ।

स्मरण रहोस, तारा एयरको भाडा प्रति यात्रु रु ६ हजार ५ सय कायम गरिएको छ भने नेपाल बायुसेवाको प्रति यात्रु रु ६ हजार ३ सय कायम गरिएको छ ।

बागलुङ नगरपालिकाले बिमानमा यात्रा गर्नेहरुको संख्या र नाम दिन आनाकानी गर्दै आएको छ ।

नगरवासीले तिरेको करबाट कति दिन सम्म हर्जाना तिरेर बिमान उडाउने ? आम नगरबासीको एउटै प्रश्न छ । सामाजिक सन्जालमा बिरोधको एउटा रुप यस्तो छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply