Sorry, that menu does not exist.
 

आजको तस्वीर : असिना-पानी सँग रमाउदै किशोरी !

निर्मल पौडेल, पर्वत २०७४ चैत २७ । केहि दिन यता मौसम चिसिएको छ । वर्षा भैरहेकाले पनि चिसोपन बढेको विश्वास गरिएको छ । आकाशमा गड्याङ् गुडुङ गर्ने, हावाहुरी चल्ने, असिना पानी पर्ने मौसम पनि यहि हो । र यस मौसममा आगलागीका घटनाहरु हुने हुनाले विशेष सतर्कता अपनाउदै आएका हुन्छन स्थानीयहरु ।

गर्मीयाममा वर्षा हुनाले शरीरमा स्फूर्ति ल्याउछ । असिना-पानी पर्दा खासगरी युवा पीढीलाई निकै रमाईलो लाग्छ र असिना सँगै खेल्न आकर्षित गरेको हुन्छ । बुढा पाका किसानी जीवनमा रमानउनेहरुलाई भने असिनाले खासगरी सुन्तला, आँप, लिची आदि जातिका फलफुलका फुल (मन्जरी), फल झार्ने र पाकेको बालिनाली, सागसब्जीमा क्षेती पुराउने हुँदा चिन्तामा पार्छ ।

यस्तै हिँजो सोमबार पर्वत जिल्लाको राम्जा देउरालीमा पानीसँगै असिना परेपछी स्थानीय युवा र बालबालिकाहरु निकै रमाईलो संग असिनासंग खेले । हिमाली क्षेत्रमा हिउँसंग खेल्ने र बेसीमा असिनासँग खेल्न रमाईलै हुन्छ । राम्जा देउरालीका किशारीहरु जोश र उन्मादका बीच भुर्इँमा विस्कुन बनेको असिनालाई हातमा लिएर आकाश तिर फाल्दै प्रकृतिको यो मनोहरताको स्वाद लिईरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply