निर्मल पौडेल पर्वत २०७४ चैत २८ । पर्वतमा असिना पानिले करोडौँ मुल्य वरावरको फलफूल तथा अन्नवाली नष्ठ गरेपछि किसानहरु चिन्तित भएका छन् । सोमवार दिउसो र वेलुकी परेको असिनापानिले जिल्लाका कृषिमा पकेट क्षेत्र मानिने जलजला मोदी गाउँपालिका त्यस्तै कुस्मा नगरपालिकाका केहि स्थान र फलेवासमा असिना पानिले करोडौँ मुल्य वरावरको क्षति गरेको हो ।
केही दिनअघि जिल्लाको जलजला गाउँपालिका अन्तर्गत बाँसखर्क, धाइरिङ, शालिजा, लेखफाँट र नाङलीबाङमा परेको असिनाले १५ करोड रुपैयाँभन्दा बढीको तरकारी र गहुँबाली नष्ट गरेको गाउँपालिकाले जनाएको छ। उक्त क्षेत्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारीको पकेट रहेको छ। समुद्री सतहदेखि उच्च भागमा रहेको उक्त गाउँपालिकाका करिव ८० प्रतिशत कृषकहरु मौसमी तथा बेमौसमी तरकारी खेतीमा आकर्षित छन्।
जिल्ला कृषि विकास कार्यालय पर्वतका अनुसार अघिल्लो साता मात्रै आलु खेतीमा १७ करोडको क्षति, गहुँ, मकै, जौ खेतीमा ८८ लाख, सुन्तला ५० लाख, तरकारी ४३ लाख, गोलभेडा, काँक्रोको बीउ २२ लाख, आँप, लिची कागतीमा १८ लाख, पुर्याएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए। उनका अनुसार फलेवास नगरपालिका- १ देखि ९ सम्म, जलजलाको वडा नं १ देखि ७ सम्म र कुस्मा नगरपालिका तथा पैयुँ गाउँपालिका ५ मा असिनाले क्षति पुर्याएको हो। हिउँदयाममा खडेरीले खेतीबारी फस्टाउन नसकेको अवस्थामा असिनापानीले अझ नष्ट गरेपछि कृषक निरास बनेका छन्। कृषकले क्षतिको मूल्यांकन गरी राहतको व्यवस्था र बाली बिमा कार्यक्रम कार्यान्वयनको माग गरेका छन्। जिल्लाको मोदी, महाशिला, पैंयु र कुस्मा नगरपालिकामा असिनाले तरकारी र अन्नबालीमा क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र किसानलाई आवश्यक राहत प्रदान गर्न स्थानीय तहसँग पहल गरिने वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिए।