Sorry, that menu does not exist.
 

ढोरपाटन महोत्सवमा हिँजो जे देखियो !

बुर्तिवाङ २०७५ बैशाख २ । नववर्ष विक्रम सम्वत २०७५ सालको आगमनसँगै बैशाख १ गते बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजारमा आयोजित ढोरपाटन महोत्सव २०७५ को उद्घाटन समारोहमा भाग लिन प्रमुख अतिथी पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहेँलो हेलिकप्टर चढेर रिभरहेड ईन्टरनेशनल बोर्डिङ स्कूल परिसर निजकै उत्रिएर सोहि बोर्डिङ स्कूलमा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रको सयुक्त कार्यकर्ता प्रशिक्षण एवं कार्यकर्ता भेटघाट कार्यक्रममा भागलिएर सिधै समारोह स्थल पुगेका थिए ।

महोत्सव उद्घाटन समारोहमा उत्तरगंगा जलाशयुक्त जलबिद्युत ढोरपाटनको निर्माण कार्य अहिले अबरुद्ध भएकाले योजनाको निर्माण कार्य तत्काल अगाडी बढाउन माग गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली, निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजा र तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाव्दारा हस्ताक्षरित १७ बँदे मागपत्र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।
मन्तव्यका क्रममा प्रमुख अतिथी प्रचण्डले उत्तरगंगा जलाशय भनि रहँदा मन्चमा रहेका यस क्षेत्रका अभियन्ताहरुले उत्तरगंगा जलाशय युक्त हाईड्रोपावर निर्माण गर्ने बताईरहेको सुनियो । र पछी प्रचण्डले भाषण सच्याएपनि ।

फर्कने क्रममा अध्यक्ष प्रचण्ड बुर्तिवाङका माआवादी केन्द्रका नेता चन्द्र अर्यालको घरमा पुगेका थिए । अर्यालको घरबाट बाहिरीएपछी उनी हेलिकप्टर चढेका थिए ।
***

प्रमुख अतिथी प्रचण्ड भन्दा एक घण्टा अगावै हेलिकोप्टर चढेर नेपाली काँग्रेसका युवा नेता गगन थापा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको नवनिर्मित घरको छतमा अवतरण गरेका थिए ।

उनलाई नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले स्वागत गर्दै स्थानीय समाजसेवी हर्कबहादुर गुरुङको छोराको बिबाहमा सरिक गराएका थिए । बिबाह समारोहबाट नेता थापा उद्घाटन समारोह स्थलमा पुगेका थिए भने समारोह पश्चात पोखरामा काम छ भन्दै प्रचण्ड भन्दा अगाडीनै उडेका थिए ।

***
ईलाका प्रहरी कार्यालय बुर्तिवाङका ईन्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर रानामगरले महोत्सव उद्घाटन समारोह स्थलमा पत्रकारहरुलाई केमराबाट मात्र फोटो खिच्न अनुरोध गर्दै मोबाईलबाट फोटो नखिच्न भनेपछी केहि समय पत्रकारहरु र प्रहरी निरीक्षक रानाबीच सामान्य जुहारी नै चल्यो ।
***
ढोरपाटन महोत्सवमा बागलुङ जिल्लाका प्रतिनिध एवं प्रदेश सभा सदस्यहरुले सहभागिता जनाउने भनिएतापनि प्रतिनिधी सभा सदस्य डा सूर्य पाठक, दीनानाथ शर्मा लगायत निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यहरुको समेत उपस्थिति देखिएन ।

ढोरपाटन नपा तथा निसीखोला, बडीगाड र तमान खोला गाउपालिकाका नगरप्रमुख र अध्यक्षहरुले प्रचण्डलाई दिएको १७ बुँदे मागपत्र यस्तो छ:

तस्वीर- दिनेश शर्मा पौडेल, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply