गुमानसिँह भण्डारी, गल्कोट २०७५ बैशाख ३ । हामी सबैको ईच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने राष्ट्रिय नाराका साथ गल्कोट नगरपालिकाले आयोजना गरेको बिद्यार्थी भर्ना अभियान ¥याली कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भरत शर्मा गैरेले बालबालिकालाई शिक्षाको पहुचमा ल्याउनका लागी अभिभावकले पहल गनुपर्ने बताएका छन् ।
उनले राज्यले शिक्षा क्षेत्रमा राखेको उदेश्य पुरा गर्नका लागी गल्कोट नगरपालिकाले प्रभावकारी तबरले काम गर्ने बताउदै एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुचको सुनिश्चिता सिकाईमा स्थायित्व नारालाई आत्मसाथ गर्नका लागी सम्पुर्ण शिक्षाप्रेमी गल्कोटबासीलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृति कृष्णप्रसाद गौतमले नेपाल सरकारले सञ्चालन गरेको भर्ना अभियान सफल पार्नका लागी सबै गल्कोटेहरु लाग्नुपर्ने बताए । त्यस्तै गल्कोट नगरपालिकाका नगरशिक्षा अधिकृत प्रकाश ओझाले बिद्यार्थीलाई बिद्यालयमा भर्ना गर्नका लागी अभिभावकको प्रमुख भुमिका हुने भन्दै अभिभावकमा शिक्षाप्रतिको चेतनामा बिकास हुनुपर्ने बताए ।
नगरभित्रका प्रत्येक बिद्यालयमा बिद्यार्थी भर्ना सबै बालबालिकाहरुलाई बिद्यालयको पहुँचमा पुर्याउने उद्देश्यका साथ हिजोबाट सुरु गरीएको बिद्यार्थी भर्ना अभियान अन्तर्गत गल्कोट नगरपालिकामा आजदेखि ¥याली सहित अभियान सुरु भएको छ ।
कार्यक्रममा गल्कोट नगरपालिका भित्रका जनप्रतिनिधि, राजनैतिक दल, बिषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
गल्कोट नगरपालिका ३ हटियाको गल्कोट बहुमुखी क्यापसबाट सुरु गरिएको ¥याली कार्यक्रम कोटमैदान चोक हुदै, भित्री बजार देखि गणतन्त्र चोक हुदै पुन जिपपार्कमा आएको थियो ।
बागलुङ जिल्लाका अधिकाँश विद्यालयहरुमा मस्कान सहित फुलमाला अबीरले स्वागत गरी बिद्यार्थी भर्ना अभियान सन्चालन गरिने निर्णय गरिएको भएतापनि त्यस्तो भएको छैन । तर विद्यार्थी भर्ना अभियान भने हिँजै बैशाख २ गते देखी सुरु भएको समाचारहरु प्राप्त भएका छन् ।