दिनेश शर्मा, बुर्तिवाङ २०७५ बैशाख ५ । हामी सबैको ईच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने राष्ट्रिय नाराका साथ । बागलुङ जिल्लाका विभिन्न बिद्यालयहरुमा २०७५ बैशाख २ गते देखी बिद्यार्थी भर्ना अभियान जारी रहेको छ ।
यसै सिलसिलामा विद्यार्थी भर्ना अभियानलाई सफल पार्न बुर्तिवाङ बजारमा ढोरपाटन नगरपालिका अन्तर्गतका विभिन्न बिद्यालयहरुका शिक्षक शिक्षिका ब्यवस्थापन समितिका पदाधिकारी प्र अ अभिभावकहरु र बिद्यार्थी समेतको सहभागितामा प्ले कार्ड ब्यानरहरु बोकी छोरा छोरी बराबरी , बिद्यार्थी भर्ना अभियान सफल पारौ लगाएतका नारा लगाउदै जुलुसले नगरपरिक्रमा गरेको छ ।
सो जुलुसमा नगरपालिकाकी उप नगरप्रमुख करमती पुनमगर लगायत वडाध्यक्ष एवं वडा सदस्यहरु समेतको सहभागिता रहेको थियो ।
विद्यालयहरुमा विद्यार्थीहरुलाई फुलमाला अबीरले स्वागत गरी मुस्कान सहित स्वागत गर्दै भर्ना गर्ने निर्णय गरिएको छ । जिल्लाका विभिन्न विद्यालयहरुमा गत बैशाख २ गते देखी नै नयाँ विद्यार्थी भर्ना अभियान जारी रहेको अवस्थामा ढोरपाटनको बुर्तिवाङमा आज जुलुसव्दारा नगरपरिक्रमा गरी अभियानलाई व्यापक बनाईएको हो ।
जलुसमा सहभागिता जनाईरहेकी ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले देश्ब्यापी रुपमा जारी रहेको भर्ना अभियानलाई ढोरपाटन नगरपालिकामा पनि भव्यरुपमा सफल पार्न कार्यक्रम गरिएको बताईन् ।